शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

शनिबार, १० जेठ २०८२, १२ : २१
शनिबार, १० जेठ २०८२

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बिहीबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका-१ दहचोक बस्ने मकवानपुर हेटौँडा उपमहानगरपालिका-१९ चिसापानी बस्ने ४४ वर्षीय सुदिप अर्याल छन् । 

जिल्ला अदालत चितवनबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका-१ दहचोकबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप