बार्सालाई स्तब्ध पार्दै आर्सनललाई महिला च्याम्पियन्स लिग
आइतबार, ११ जेठ २०८२, ०९ : ०९
लिसबन । युरोपियन महारथी बार्सिलोनालाई स्तब्ध पार्दै आर्सनलले १८ वर्षमा पहिलोपटक महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार भएको खेलमा आर्सनल १–० गोलले विजयी बनेको हो ।
खेलको ७४ औँ मिनेटमा स्टिना ब्ल्याकस्टेनसले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । बेथ मेडको पासमा स्विडिस खेलाडीले गोल गरेकी थिइन् ।
पछिल्लो ४ मध्ये ३ युरोपियन उपाधि जितेको बार्सिलोनाविरुद्ध आर्सनललाई अन्डरडगका रूपमा हेरिएको थियो । तर, टोलीले सन् २००७ को उपलब्धि दोहोर्याउँदै पुनः एकपटक युरोपको शीर्ष क्लबहरूमा आफूलाई उभ्याउन सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण