नेविसंघको तदर्थ समिति भङ्ग गर्न माग गर्दै शेखर समूहका सदस्यहरूले देउवालाई बुझाए ज्ञापनपत्र
सारांश
- डा. शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले नेविसंघको तदर्थ समिति भङ्ग गर्न माग गर्दै सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाए।
- नेविसंघका नेताहरूले शेर्पा नेतृत्वको समितिले महाधिवेशन गर्न नसक्ने भन्दै तत्काल भङ्ग गर्न माग गरेका छन्।
- देउवाले वर्तमान समितिको काम सन्तोषजनक नभएको र आवश्यक निर्णय लिने बताए, भने रानामगरले स्वच्छ महाधिवेशनको माग गरे।
काठमाडौँ । नेपाली विद्यार्थी संघ (नेविसंघ)को दुजाङ शेर्पा नेतृत्वको तदर्थ समिति भङ्ग गर्न माग गर्दै डा. शेखर कोइराला समूहको प्रतिनिधित्व गर्ने तदर्थ समितिमा रहेका विद्यार्थी नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।
नेविसंघमा कोइराला समूहको नेतृत्व गर्ने प्रेमिका राना मागरको नेतृत्वमा पुगेका विद्यार्थी नेताहरूले सभापति देउवालाई आइतबार बिहान उनकै निवास बुढानीलकण्ठमा भेटेर शेर्पा नेतृत्वको समितिले महाधिवेशन गर्न नसक्ने भन्दै भङ्ग गर्न माग गरेका हुन् ।
टोलीमा सहभागी नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टका अनुसार देउवाले ज्ञापनपत्र बुझ्दै अहिलेको नेविसंघको तदर्थ समितिले सन्तोषजनक काम गर्न नसकेको बताएका थिए । ‘अहिलेको समितिको काम सन्तोषजनक छैन । नेतृत्वले संगठनलाई अधिवेशन उन्मुख बनाउन सकेको छैन,’ देउवाको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य भट्टले भने, ‘मैले पटक–पटक सम्झाउँदा पनि भने अनुरूपको काम भइरहेको छैन । अब बस्ने केन्द्रीय समितिबाट आवश्यक निर्णय गर्छु ।’
समूहको नेतृत्व गर्ने रानामगरले हस्ताक्षर गरेर देउवालाई बुझाएको ज्ञापनपत्रमा वर्तमान नेतृत्वबाट स्वच्छ र निष्पक्ष महाधिवेशन सम्भव नभएको भन्दै तत्काल यो समिति भङ्ग गरेर महाधिवेशन गर्न सक्ने समिति बनाउन माग गरिएको छ ।
टेलीमा रानामगर भट्टसहित धर्मराज शाही, विक्रम आदित्य गिरी, जगतजंग विष्ट, विनोद शाही, पदम सुवेदीसहितमा ३० जना बढी केन्द्रीय समितिमा रहेका विद्यार्थी नेताहरू थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण