फिल्म ‘महाभोज’ काे प्रचारका लागि काठमाडौँका विभिन्न स्थानमा सडक नाटक प्रदर्शन
सारांश
- आगामी बिहीबारबाट प्रदर्शनमा आउने फिल्म 'महाभोज' को प्रचारका लागि सडक नाटक प्रदर्शन सुरु भएको छ।
- शनिबार साँझ काठमाडौँको गोगंबुमा 'सत्य कहिल्यै लुक्दैन- महाभोज' शीर्षकको नाटक प्रदर्शन गरियो, जसले फिल्मको कथालाई उजागर गर्छ।
- सहकारी पीडित र पीडकबीचको सङ्घर्षलाई नाटकमा प्रस्तुत गरिएको छ, र यो फिल्म रिलिज नहुँदासम्म विभिन्न स्थानमा देखाइनेछ।
काठमाडौँ । आगामी बिहीबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘महाभोज’ । फिल्मले प्रचारमा सडक नाटक प्रदर्शन थालेको छ । केही दिन अगाडिदेखि थालिएको सडक नाटक शनिबार साँझ काठमाडौँको गोगंबुमा प्रदर्शन गरिएको छ ।
‘सत्य कहिल्यै लुक्दैन– महाभोज’ शीर्षकको सडक नाटक फिल्मको कथाबारे प्रकाश पार्न प्रदर्शन गरिएको हो । नाटकले फिल्मको मूल भावबारे जानकारी गराउँदै फिल्म प्रति दर्शकको आकर्षण बढाउनेछ । निर्माण पक्षका अनुसार नाटक फिल्म रिलिजको अघिल्लो दिनसम्म काठमाडौँका विभिन्न स्थानहरूमा दैनिक रूपमा प्रदर्शन हुनेछ ।
सडक नाटकमा कलाकारहरूले सहकारी पीडित र पीडक बिचको सङ्घर्षपूर्ण कथालाई प्रत्यक्ष अभियानमार्फत प्रस्तुत गरेका छन् । फिल्मको मूल कथावस्तुसँग मेल खाने गरी तयार पारिएको नाटकको निर्देशन आकाश नेपालीले गरेका हुन् भने लेखन सरिता कठायतको रहेको छ ।
नाटकमा सुजन खतिवडा, सन्तोष गिरी, चिराग पनेरु, सरिता कठायत र विनोद प्रकाश धामी लगायतका कलाकारले अभिनय गर्दै आएका छन् । नाटक व्यवस्थापनको जिम्मा ट्राईडेन्ट कन्सेप्ट र द क्रियटर्स नेपा ले लिएका थिए भने नाटक प्रस्तुति शुभ आकाश टिमले गरेको हो ।
दिनेश राउत निर्देशित ‘महाभोज’ सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि उत्पन्न हुने पीडादायी अवस्थालाई चित्रण गर्दछ । पीडितको वेदना, जागिरेहरूको मानसिक सङ्घर्ष र राजनीतिक चलखेललाई गहिरोसँग समेटिएको छ ।
फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको मुख्य भूमिका छ । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेन फिल्मका निर्माता हिमाल कडरिया हुन् भने लेखक विकास सुवेदी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण