ओलीको कटाक्ष : ‘प्रचण्डको स्वर हेर्नुस् त, भ्रष्टाचारविरुद्ध बुरुक बुरुक !’
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी काण्डका लुटेराहरूले एमालेविरुद्ध भ्रम फैलाएको आरोप लगाए।
- ओलीले सहकारीमा एमालेले भ्रष्टाचार गरेको भन्दै हल्ला मच्चाइएको र माओवादी अध्यक्ष प्रचण्डमाथि कटाक्ष गरे।
- ओलीले माओवादीको मेची-महाकाली अभियानको सिको गरे पनि जनसागर उर्लन नसकेको टिप्पणी गरे।
काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सहकारी काण्डका लुटेरा र ठगहरूले नै एमालेविरुद्ध औंला ठड्याउने गरेको आरोप लगाएका छन्।
आइतबार आयोजित एमाले बागमती प्रदेशका वडाध्यक्षहरूको भेलामा सम्बोधन गर्दै ओलीले सहकारीमा एमालेले भ्रष्टाचार गरेजस्तो भ्रम फैलाउने प्रयास भइरहेको बताए। उनले भने, 'हाम्रो पार्टीले पो सहकारीमा भ्रष्टाचार गरेजस्तो गरी हामीविरुद्ध औंला ठड्याएर सहकारी, सहकारी भन्दै हल्ला मच्चाइएको छ।'
प्रधानमन्त्री ओलीले सहकारी लुटेराहरू र ठगहरू नै अहिले आफैंलाई निर्दोष देखाउँदै न्याय दिने भाषण गरिरहेको दाबी गरे। उनले कटाक्ष गर्दै भने, 'उनीहरू उल्टै सहकारी पीडितलाई न्याय दिन्छौं भनेर वेसरम कुरा गर्छन्। नारा लगाउने, आफूले खाएको नतिर्ने, फिर्ता नगर्ने अनि भ्रष्टाचारविरुद्ध ठूला स्वर गर्नु — कति निर्लज्ज!'
साथै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि पनि कटाक्ष गरे। 'प्रचण्डको स्वर हेर्नुस् त, भ्रष्टाचारविरुद्ध बुरुक बुरुक गर्छन्,' ओलीले भने, 'भ्रष्टहरूले नै भ्रष्टाचारविरुद्ध भाषण गर्ने अवस्था छ अहिले।'
प्रधानमन्त्री ओलीले माओवादीले एमालेको सिको गर्दै मेची–महाकाली अभियान थाले पनि त्यो अभियानले जनसागर उर्लन नसकेको दाबी गरे। 'एमालेको अभियानमा जनसागर उर्लिए पनि माओवादीको कार्यक्रममा त्यो देखिँदैन,' उनले थपे।
त्यसक्रममा उनले अलिअलि मान्छे आउँदा फेरि २०६४ को जस्तो माओवादीमय देश हुने भन्ने प्रचण्डलाई लागेपनि त्यो सम्भव नहुने बताए ।
‘माओवादीका लडाकु क्याम्पमा राखेर, मार्चपास गराएर, मान्छे तान्दै कुट्दै,मार्दै गरेर, अंगभंग गरेर, तर्साएर आतंकराज थियो २०६४ मा । माओवादीमय थिएन’, ओलीको भनाइ छ । उनले त्यसवेला माओवादीले राम्रो काम गरेर नभई लुटेर ६४ मा मत ल्याएको बताए । उनले भने, ‘अव न ६४ आउँछ न माओवादी आउँछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण