विद्यालय शिक्षा विधेयकमाथिको छलफलका लागि शिक्षामन्त्रीले मागे सात दिनको समय

काठमाडौँ । विद्यालय शिक्षा विधेयकमाथिको छलफलका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले थप समय माग गरेको छ। शिक्षा समितिको बैठकमा विधेयकमाथिको छलफलका क्रममा शिक्षामन्त्री रघुजी पन्तले एक साताको समय माग गरेका हुन्।
विधेयकमा रहेका विभिन्न विषयहरूमा सरकारको धारणा आउनुपर्ने समिति सदस्यहरूले माग गरेका थिए। त्यसपछि शिक्षामन्त्री पन्तले नेपाल शिक्षक महासङ्घसँग छलफल चलिरहेको बताउँदै एक सातापछि सरकार तयारीका साथ आउने बताएका हुन्।
मन्त्री पन्तको अनुरोधमा शिक्षा समिति सभापति अम्मरबहादुर थापाले एक सातापछिको बैठकमा विधेयकका विषयमा सरकारले आफ्नो आधिकारिक धारणा ल्याउन निर्देशन दिए।
'माननीय ज्यूहरूले राखेको प्रश्नमा जवाफ दिन सक्छु । तर, अहिले नेपाल शिक्षक महासङ्घसँग ९ बुद्धे सहमतिका विषयमा छलफल गरिरहेको छु। मलाई केही दिनको समय दिनुहोस्। त्यसपछि सरकारको धारणा राख्छु,'मन्त्री पन्तले भने।
अहिले समितिमा विधेयकका विषयमा एक खालको सहमति गरेर पछि महासङ्घसँग अर्को खालको छलफल भएमा समस्या हुने मन्त्री पन्तको भनाइ छ। ९ बुँदे कार्यान्वयनमा आफ्नो प्रमुख जोड रहेको बताउँदै मन्त्री त्यसका लागि महासङ्घसँग छलफल गरेर अघि बढ्ने बताए ।
मन्त्रिले समय माग गरेपछि शिक्षा समितिले एक साताको समय दिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीको मात्र होइन प्रधानमन्त्रीको समेत राजीनामा माग्छौँ : ज्ञानेन्द्र शाही
-
राजस्व छलीमा संलग्न भनिएका न्युट्रास्युटीकलका अध्यक्ष झा पक्राउ
-
रोशनी शाही मृत्यु प्रकरणमा प्रहरीले थाल्यो अनुसन्धान
-
रास्वपा केन्द्रीय समिति बैठक : सुमना श्रेष्ठ र अनिलकेशरी शाहको राजीनामा स्वीकृत
-
नेसपा संयोजकमा गंगानारायण श्रेष्ठ चुनिए, साेमबार माओवादी केन्द्रसँग एकता हुँदै
-
युवा संघ महाधिवेशन : थेवे र पुरीको उम्मेदवारी, द्विपक्षीय भिडन्त पक्का