जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र
सारांश
- अन्तर्राष्ट्रिय मुद्रा कोषको तथ्यांक अनुसार भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ।
- नीति आयोगका अनुसार भारतको अर्थतन्त्र ४ ट्रिलियन अमेरिकी डलर नाघेको छ, जसले गर्दा जापान पाँचौँ स्थानमा झरेको छ।
- आयोगका सीईओका अनुसार घरेलु सुधार र विश्वव्यापी वातावरणको संयोजनले यो वृद्धि भएको हो, र भारत अबको २-३ वर्षमा तेस्रो ठूलो अर्थतन्त्र बन्न सक्छ।
काठमाडौँ । भारत विश्वको चौथो ठूलो अर्थतन्त्र भएको मुलुक बनेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को तथ्यांकलाई उद्घृत गर्दै भारतको नीति आयोगले यस्तो जानकारी दिएको हो ।
आयोगमा प्रमुख कार्यकारी अधिकृत बीभीआर शुभ्रमन्यमले भारतको अर्थतन्त्र ४ ट्रिलियन अमेरिकी डलर नाघेको उल्लेख गरे । यसअनुसार अब विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र क्रमशः अमेरिका, चीन र जर्मनीको रहेको छ । चौथोमा भारत आएको छ । यसअघि चौथो स्थानमा रहेको जापान पाँचौं स्थानमा झरेको छ ।
नीतिगत विचार मञ्चको १० औँ शासकीय परिषद् बैठकपछि बोल्दै शुभ्रमन्यमले यो वृद्धिलाई घरेलु सुधार र विश्वव्यापी वातावरणको संयोजनलाई उपज भएको बताएका छन् । यही गतिमा अघि बढे अबको अढाइदेखि तीन वर्षमा विश्वकै तेस्रो ठूलो अर्थतन्त्र बन्नसक्ने उनले बताए ।
आईएमएफको तथ्यांक अनुसार अमेरिकाको अर्थतन्त्र अहिले ३०.५०७ ट्रिलियन अमेरिकी डलरको छ । त्यस्तै, चीनको १९.२३१ ट्रिलियन रहँदा जर्मनीको ४.७४४ ट्रिलियन अमेरिकी डलरको अर्थतन्त्र पुगेको छ । भारतको ४.१८७ ट्रिलियन डलर रहँदा जापानको ४.१८६ ट्रिलियन डलरको अर्थतन्त्र रहेको छ । त्यसपछि क्रमशः बेलायत, फ्रान्स र इटाली रहेका छन् ।
भारतको यस्तो रिपोर्ट यो समयमा आएको छ, जतिबेला अमेरिकाले भारतमा आईफोन उत्पादन नगर्ने नीति लिएको छ । भारत लागतको हिसाबले एकदमै सस्तो मुलुक भएकोले भन्सार महशुलको अनिश्चितताबीच उत्पादनलाई जारी राख्ने शुभ्रमन्यमको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण