नेसपा संयोजकमा गंगानारायण श्रेष्ठ चुनिए, साेमबार माओवादी केन्द्रसँग एकता हुँदै
सारांश
- नेपाल समाजवादी पार्टी (नेसपा) को गंगानारायण श्रेष्ठ समूहले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्यो।
- ललितपुरमा बसेको केन्द्रीय समितिको बैठकले एकताको निर्णय गरेको हो, भोलि एकता घोषणा गरिनेछ।
- एकता प्रक्रियाबाट अध्यक्ष महिन्द्र राय यादव पछि हटेपछि श्रेष्ठको संयोजकत्वमा पार्टी पुनर्गठन भएको छ।
काठमाडौँ । नेपाल समाजवादी पार्टीको संयोजकमा गंगानारायण श्रेष्ठ चुनिएका छन् । आइतबार सहअध्यक्ष श्रेष्ठले केन्द्रीय समिति पुनर्गठन गरी नेतृत्व आफ्नो हातमा लिएका हुन् ।
ललितपुरस्थित एकान्तकुनामा बसेको पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी केन्द्रीय समिति पुनर्गठन गरी सहध्यक्ष गंगानारायण श्रेष्ठलाई संयोजक तोक्ने निर्णय गरेको हो ।
बैठकले गत ३ चैत्र २०८० मा नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको पार्टी एकता संयोजन समितिको संयुक्त बैठकले गरेको ३ बुँदे निर्णयको आधारमा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय पनि गरिएको छ । माओवादी केन्द्रसँग १२ जेठमा एकता गरिने संयोजक श्रेष्ठले जानकारी दिए ।
१२ जेठमा ललिपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान ११ः३० मा माओवादी केन्द्र र नेसपाका बिचमा एकता घोषणा गरिने भएको छ । पूर्व सहमती अनुसार माओवादी केन्द्रसँग एकता गर्नबाट तत्कालिन अध्यक्ष महिन्द्र राय यादव पछि हटेपछि श्रेष्ठ एकताको प्रक्रियामा अघि बढेका हुन् ।
२९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना श्रेष्ठको पक्षमा उभिएका छन् । त्यसैगरी १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना केन्द्रीय सदस्य एकताको पक्षमा उभिएका संयोजक श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण