बुधबार, १४ जेठ २०८२
ताजा लोकप्रिय

वाईसीएलले भन्यो - वर्तमान सरकार भ्रष्टहरूको संरक्षणमा लागेकाे छ

सोमबार, १२ जेठ २०८२, २० : ०९
सोमबार, १२ जेठ २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएल नेपालले वर्तमान सरकार भ्रष्टहरुको संरक्षकका रुपमा रहेको बताएको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै भिजिट भिसा प्रकरणमा संसदीय छानबिनको समेत माग गरेको छ । 

अध्यक्ष सुबोधराज शेर्पाली र महासचिव गणेश शाहीद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ,'राज्य यतिबेला दण्डहीनता, निरंकुशता, भ्रष्टाचार, व्यथिति, अन्याय अत्याचार, स्वेच्छाचारी तथा राज्य विहीनताको अवस्थाबाट गुज्रिरहेको छ। एकातर्फ सत्ता बिरोधी आवाज बढिरहेको छ भने अर्कोतर्फ प्रतिगमनकारी राजाबादीहरू सलवलाइरहेका छन्। सत्तासिन दलहरू जनपक्षीय काम गर्नेभन्दा पनि नोकरशाह दलाल, भ्रष्टहरूको संरक्षकको रुपमा आफूलाई खडा गरेको देखिन्छ। यो सरकार ठूला ठूला काण्डहरू गिरीबन्धु, बालुवाटार, यती ओम्नी, पोखरा विमानस्थल, सहकारी ठगीलगायत हजारौं काण्डहरूमा आफू संरक्षकको रुपमा खडा हुँदै आइराखेकोमा पछिल्लो समयमा गृहमन्त्रीसमेत संलग्न रहेको भनिएको मानव तस्कर काण्डमा समेत मौन छ। यसमा सत्तासीन सबैको संलग्नता रहेको सहजै अनुमान लगाउन सकिन्छ।' 

प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक, गृह प्रशासनका कर्मचारी, ट्राभल एजेन्सी, मेनपावर कम्पनी एयरलाइन्स र यी नेटवर्कमा रहेर बिचौलियाको काम गर्ने गिरोहको सक्रियतामा भिजिट भिसाको आवरणमा मानव तस्करी भइरहेको देखावटी रुपमा विमानस्थल अध्यागमनका कर्मचारीहरूले तोकिएका आवश्यक कागजपत्र नपुगेका जस्ता बाहाना बनाउँदै सर्वसाधारणहरूलाई दुःख दिँदै आइरहेको जारी विज्ञप्तिमा उल्लेख छ । 

'हजारौं यात्रुहरू दैनिक युरोप, एशिया, अफ्रिका लगायतका देशहरूमा यात्रा तय गरि टिकट लिई अध्यागमन कक्षमा प्रवेश गरिसकेपछि अनेक बहाना (सेटिङ नपुगेको) मा फिर्ता गर्ने र सर्वसाधारणलाई चर्को आर्थिक भारमा पार्ने कुराको हाम्रो संगठन खेद व्यक्त गर्द,प्रेस विज्ञप्तिमा भनिएको छ,गिरोहले सेटिङबाट भिजिट भिसामा जानेले युरोपको लागि तीन लाखसम्म र खाडीसहितका एशियाका विभिन्न मुलुकमा जानका लागि प्रतिव्यक्ति पचास हजारसम्म लिने गरेको र दैनिक रुपमा ५० लाखभन्दा बढी रकम उठाउने गरेको अख्तियारको अनुसन्धानले पुष्टि गरिसकेको छ।'

अनुसन्धान कर्मकाण्डी मात्र नभई विषयको गम्भीरतालाई ध्यानमा राख्दै अधिकार सम्पन्न संसदीय छानबिन समितिको वाईसीएल नेपालले जोडदार माग गरेको छ । अनुसन्धान र कारबाहीमा कुनै कसर बाँकी राखेमा संगठनले सडकबाटै त्यसको जवाफ दिने चेतावनी समेत दिएको छ । 

वाईसीएल नेपालले मंगलबार दिउँसो नयाँ बानेश्वरमा विरोध प्रदर्शन समेत गर्ने भएको छ ।  

494859504_946769504102892_506144437754062398_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप