मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय
अपडेट

नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

मङ्गलबार, १३ जेठ २०८२, १२ : १२
मङ्गलबार, १३ जेठ २०८२

कैलाली । बाजुरामा मंगलबार नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।  बा ५च २२०९ नम्बरको जिप दुर्घटनामा परेको हो।

दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जिप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

जिपमा सवार अन्य दुई जना नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि निसर्ग अस्पताल ल्याइएको छ।

नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप दुर्घटना भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप