शिल्पी थिएटरमा जेठ १७ सम्म ‘लस्ट एन्ड फाउन्ड’ मञ्चन
सारांश
- शिल्पी थिएटरमा नाटक 'लस्ट एन्ड फाउन्ड' जेठ १७ गतेसम्म मञ्चन हुनेछ।
- नाटकमा यशोधरा र सिद्धार्थबिचको अन्तर्द्वन्द्व, अनागरिक हुनुको पीडा र एकल आमाका सन्तानप्रतिको विभेद समेटिएको छ।
- नाटकमा पवित्रा खड्का, सुमित भण्डारी, सुहाना आचार्य र गोविन्द ओलीको अभिनय रहेको छ।
काठमाडौँ । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘लस्ट एन्ड फाउन्ड’ मञ्चन भइरहेको छ । जेठ ३ गतेदेखि सुरु भएको नाटक मञ्चन जेठ १७ सम्म चल्नेछ ।
नाटकका लेखक तथा निर्देशक घिमिरे युवराज हुन् भने अभिनय पवित्रा खड्का, सुमित भण्डारी, सुहाना आचार्य र गोविन्द ओलीको रहेको छ । यशोधरा र सिद्धार्थबिचको अन्तर्द्वन्द्व, अनागरिक हुनुको पीडा र एकल आमाका सन्तानप्रति राज्यले गर्ने विभेद लगायतका विषयमा नाटकको कथा घुमेको छ ।
नाटकको सुरुवात एउटा क्याफेबाट हुन्छ । जहाँ मुख्य पात्र भूमि र सागर हुन्छन् । उनीहरू आपसमा कुराहरू गर्छन् । विगतको कुराहरू देखि लिएर एक अर्काको जीवनभित्र हराइरहेका प्रश्नको जवाफ खोज्दै काल्पनिक रूपमा हराइरहन्छन् ।
नाटकमा भूमि पर्यटक गाइड हुन्छिन् । उनलाई एकल आमाले हुर्काएकी हुनाले उनको नेपाली नागरिकको कुनै परिचय हुँदैन । उनी मानसिक रोगी पनि हुन्छिन् । कामको सिलसिलामा भूमि र एक क्यानेडेली पर्यटक सागरसँग भेट हुन्छ । नाटक मङ्गलवार बाहेक अन्य दिन साँझ ५ः१५ बाट र शनिवार दिउँसो १ बजेबाट सुरु हुने निर्देशक युवराजले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण