बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतबाट हालसम्मकै सस्तोमा विद्युत् आयात गरिएको प्राधिकरणको दाबी

मङ्गलबार, १३ जेठ २०८२, १३ : १५
मङ्गलबार, १३ जेठ २०८२

समाचार सारांश

  • नेपाल विद्युत प्राधिकरणले भारतबाट सस्तो मूल्यमा बिजुली आयात गरेको दाबी गरेको छ, प्रतियुनिट १.१५ रुपैयाँमा खरिद।
  • प्राधिकरणले भारतलाई बिजुली निर्यात गर्दा प्रतियुनिट १०.५६ रुपैयाँमा बेचेको छ, र आयात गर्दा ३.३७ रुपैयाँ तिरेको छ।
  • वर्षा सुरु भएसँगै जलाशयमा पानीको बहाव बढेकाले पिक आवरमा बिजुली निर्यात गर्न सहज भएको प्राधिकरणको भनाइ छ।

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतबाट हालसम्मकै सस्तो मूल्यमा विद्युत् आयात गर्न सफल भएको दाबी गरेको छ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार जेठ ११ गते भारतको ऊर्जा विनिमय बजार (आईआईईएक्स) को रियल टाइम बजारबाट दिउँसोको समयमा प्रतियुनिट १.१५ रुपैयाँमा बिजुली खरिद गरिएको हो।

उनका अनुसार सो दिन भारतमा विद्युत् माग कम हुनुका साथै सौर्य ऊर्जाबाट उत्पादन वृद्धि हुँदा सस्तो मूल्यमा बिजुली खरीद गर्न सम्भव भएको हो। प्राधिकरणले उक्त अवसरको सदुपयोग गर्दै ३ हजार ८४० मेगावाट घण्टा बिजुली आयात गरेको जनाएको छ।

त्यसैदिन साँझ प्राधिकरणले ५२७.५ मेगावाट घण्टा विद्युत् भारतलाई भारतीय रुपैयाँ ६.६० (नेपाली रुपैयाँ १०.५६) प्रतियुनिट दरमा निर्यात गरेको ढकालले जानकारी दिए।

प्राधिकरणका अनुसार जेठ ३ देखि १० गतेसम्म नेपालले भारतबाट २७,६४५.९४७ मेगावाट घण्टा बिजुली औसत ३.३७ रुपैयाँ प्रतियुनिट दरमा आयात गरेको छ। सोही अवधिमा नेपालले भारतलाई ८ हजार ४१७.५२५ मेगावाट घण्टा विद्युत् औसत ५.५ रुपैयाँ प्रतियुनिटमा निर्यात गरेको बताइएको छ।

यसरी नेपालले औसत ३.३७ रुपैयाँमा बिजुली किन्दै ५.१५ रुपैयाँमा भारतलाई बेचिरहेको प्राधिकरणको दाबी छ।

प्राधिकरणका अनुसार, वर्षा सुरु भएसँगै जलाशयमा पानीको बहाव बढेको र त्यसले उत्पादन वृद्धि गरी पिक आवरमा विद्युत् निर्यात गर्न सहज भएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप