दीपिकासँग किन भड्किए संदीप रेड्डी वांगा ?
नयाँ दिल्ली । चर्चित बलिउड निर्देशक संदीप रेड्डी वांगा आफ्नो नयाँ फिल्म ‘स्पिरिट’ का कारण पुनः चर्चामा छन्।
‘कबीर सिंह’ र ‘एनीमल’ जस्ता हिट फिल्म निर्देशन गरिसकेका वांगाको यो नयाँ प्रोजेक्टमा दीपिका पादुकोणको नाम सुरुमा मुख्य अभिनेत्रीको रूपमा जोडिएको थियो। तर, हालै आएको रिपोर्ट अनुसार, दीपिका अब यो प्रोजेक्टमा छैनन् र उनको स्थानमा तृप्ती डिमरीलाई लिइएको छ।
फिल्मबाट दीपिका बाहिरिनुको कारण पारिश्रमिक र काम गर्ने समयका विषय भएको बताइएको छ । तर, अब यो विवाद थप गहिरिँदै गएको छ । निर्देशक वांगाले सामाजिक सञ्जालमार्फत एउटा क्रिप्टिक पोस्ट सार्वजनिक गरेका छन्, जसलाई दीपिका पादुकोणसँग जोडेर हेरिएको छ ।
यसैबिच वांगाले दीपिकालाई इन्स्टाग्रामबाट पनि अनफलो गरेको चर्चा छ । निर्देशकले फलो गरिरहेका ६९ जनामा दीपिका पादुकोणको नाम समावेश छैन ।
वांगाले एक्समा लेखेका छन्, 'जब म कुनै कलाकारलाई कथा सुनाउँछु, म उसमाथि शतप्रतिशत विश्वास गर्छु। हामीबिच एक गोपनीयता सम्झौता हुन्छ तर तपाईंले आफू को हो भन्ने कुरा भन्दिनुभएको छ। एक युवा कलाकारलाई होच्याउने र मेरो कथा बाहिर ल्याउने ? के यही हो तपाईंको नारीवाद ?'
यो पोस्टले बलिउडमा तरंग ल्याएको छ र धेरैले यसलाई दीपिकाको फिल्म छाड्ने निर्णयप्रति वांगाको असन्तुष्टि भनेर व्याख्या गरेका छन् । दीपिकाको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।
यस विवादले ‘स्पिरिट’ फिल्मप्रति दर्शकको चासो अझै बढाएको छ। अब वांगाको निर्देशनमा डिमरीको अभिनयले दर्शकको मन कति जित्छ, त्यो भने हेर्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण