'हेराफेरी ३' विवादबारे के भन्छन् अक्षय कुमार ?
काठमाडौँ । 'हाउसफुल ५' को ट्रेलर लन्च कार्यक्रममा अक्षय कुमारले पहिलो पटक 'हेराफेरी ३' को विवादमा खुलेर बोले । अभिनेता परेश रावलले फिल्म छाडेको विषयमा निकै हंगामा भइरहेको समयमा अक्षय यस मामिलामा बोलेका हुन् ।
‘मेरो सहकलाकारलाई मूर्ख भन्नु गलत हो । म उनीसँग ३२ वर्षदेखि काम गर्दै आएको छु । उनी एक अद्भूत अभिनेता हुन् । म उनीबाट धेरै कुरा सिकिरहेको छु ।’ अक्षयले भने, ‘के भयो भन्नेबारे कुरा गर्ने ठाउँ यो होइन, यो धेरै गम्भीर विषय हो, यो अदालतमा नै समाधान हुनेछ । म यस मञ्चमा यसबारे कुरा गर्दिनँ ।’ सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले परेश रावललाई फिल्म छोडेकोमा मूर्ख भनेका छन् ।
के हो विवाद ?
यो सम्पूर्ण विवाद अक्षय कुमारको लोकप्रिय फ्रान्चाइजीमध्ये एक 'हेराफेरी'को तेस्रो फिल्मलाई लिएर उत्पन्न भएको हो । अभिनेता परेश रावल 'हेराफेरी ३' बाट अलग भएपछि विवाद सुरु भएको हो । परेशले धेरै पहिले नै फिल्म गर्न अस्वीकार गरेका अक्षयका वकिलले बताएका छन् । तर फिल्मको पटकथाप्रति उनको कुनै मतभेद भने नभएको बताइएको छ ।
परेशले अक्षयको प्रोडक्सन हाउसको टोलीलाई आफ्नो जवाफ पठाइसकेको पनि उनले बताए । अक्षय कुमारको प्रोडक्सन हाउसको तर्फबाट वकिलले भने सुटिङ सुरु गरेपछि अभिनेताले अचानक फिल्मबाट हात झिक्दा घाटा भएको भनेका छन् ।
परेश रावललाई नोटिस पठाइएको पनि उनले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण