पर्यटकले गुलजार अन्नपूर्ण आधार शिविर (फोटो फिचर)
_34bBgTW1ve.jpg)
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने अन्नपूर्ण हिमाल आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकका कारण आधार शिविर गुलजार बनेको छ ।
आरोहीहरू आधार शिविर क्षेत्रमा टेन्ट टाँगेर बसेका छन् । आरोहण टोलीका साथै आन्तरिक पर्यटकहरूको पनि आधार शिविरमा आगमन सुरु भएको नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङले जानकारी दिए । समुन्द्र सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको आधार शिविरमा आरोहीका साथै घुमघामका लागि आन्तरिक पर्यटकहरू पनि आउने गर्छन् ।
मिस्त्री खोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङदेखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोलादेखि दुई दिनमा आधार शिविर पुग्न सकिन्छ ।
छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको छ । अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङ्गको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो । तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशको स्थानीय सेवा सम्बन्धी विधेयक बहुमतबाट पारित
-
बैंकर र व्यवसायी छुट्याएरै छाड्ने राष्ट्र बैंकको अडान
-
एमालेमा ‘म झोले हो’ पोस्टर ट्रेन्ड, भाजपाको नक्कल गरेको आरोप | KP OLI | Narendra Modi
-
‘मिस एन्ड मिस्टर रोयल ग्लोबल क्विन नेपाल २०२५’मा छानिए ४ विजेता
-
सरकार र यातायात व्यवसायीबिचको वार्ता निष्कर्षविहीन
-
चिडियाखानाको रेडपाण्डा चोर्न खोजेको आरोपमा दुई जना पक्राउ