सरकार र यातायात व्यवसायीबिचको वार्ता निष्कर्षविहीन
सारांश
- यातायात व्यवसायी र सरकारबीचको वार्ता निष्कर्षविहीन भयो, जसले गर्दा भोलि पुन: बैठक बस्ने तय भयो।
- गण्डकी प्रदेशको राइड सेयरिङ नियमावलीको विरोधमा यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्।
- यातायात व्यवसायीले नियमावली स्थगित गर्न माग गरेका छन् भने सरकारले यस विषयमा कुनै निर्णय लिएको छैन।
काठमाडौँ । सरकार र यातायात व्यवसायीबिचको वार्ता निष्कर्षविहीन भएको छ । सोमबार गृह मन्त्रालयमा बसेको सम्बद्ध अधिकारी र यातायात व्यवसायीबिचको वार्तामा कुनै निष्कर्ष ननिस्किएपछि भोलि साढे १० बजे बस्ने गरी बैठक स्थगित भएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए ।
गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ नियमावलीविरुद्ध देशभरका सार्वजनिक सवारी बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । वार्तामा यातायात व्यवसायीले उक्त नियमावली स्थगित गरे आफ्नो आन्दोलन पनि तत्काल स्थगित गर्न माग गरेका थिए ।
‘हाम्रो माग तत्कालको लागि नियमावली स्थगित गर्नुपर्छ र सङ्घीय ऐन बनेपछि त्यसको अनुकूल हुने गरी बनाउनुपर्छ भन्ने हो, यसमा कुनै निष्कर्ष निस्किएन, भोलि फेरि बस्ने कुरा भएको छ’ उनले भने ।
यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीले आजको छलफल सकारात्मक भएको बताए । तर, निर्णयमा पुग्न नसकिएकोले भोलि बस्ने गरी छलफल स्थगित भएको तिवारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण