बिहीबार, १५ जेठ २०८२
ताजा लोकप्रिय

अमेरिका अध्ययनमा जाने विद्यार्थी भिसाको अन्तर्वार्ता अस्थायी रूपमा बन्द

बुधबार, १४ जेठ २०८२, ०८ : ३३
बुधबार, १४ जेठ २०८२

वासिङ्टन डीसी । अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ । विदेशी विद्यार्थीको सामाजिक संजाल जाँच अनिवार्य बनाउने तयारीका लागि यस्तो निर्णय गरिएको हो । 

ट्रम्प प्रशासनले अमेरिकी दूतावासहरू र कन्सुलर सेक्सनहरूलाई विद्यार्थी भिसा आवेदकहरूको नयाँ अन्तर्वार्ता समय तालिका रोक्न आदेश दिएको छ । यो आदेश मंगलबारको मितिमा जारी भएको र यसमा अमेरिकी विदेश मन्त्री मार्को रुबियोले हस्ताक्षर गरेका छन् ।

ट्रम्प प्रशासनले यो योजना कार्यान्वयन गरेमा यसले विद्यार्थी भिसा प्रक्रियालाई ढिलो बनाउने बताइएको छ । अमेरिकामा विश्वविद्यालयहरूको आर्थिक अवस्था विदेशी विद्यार्थीमा निर्भर भएकाले यो निर्णयले धेरै विश्वविद्यालयहरूलाई पनि असर गर्न सक्ने समाचारमा बताइएको छ ।

पोलिटिकाेका अनुसार भविष्यमा सामाजिक सञ्जाल जाँचले के खोज्ने हो भन्ने कुरा स्पष्ट रूपमा उल्लेख गरेको छैन । तर, यसले आतंकवादीहरूलाई र यहुदीविरोधी भावना रोक्ने कार्यकारी आदेशप्रति लक्षित रहेको सङ्केत दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप