विप्लवले बोलाए केन्द्रीय समिति बैठक, नाम परिवर्तनबारे निर्णय हुने
_ESEZCfc3qJ.jpg)
समाचार सारांश
- विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक जेठ १८ गते बस्ने भएको छ। बैठकमा पार्टीको नाम, चुनाव चिन्ह लगायतका विषयमा छलफल हुनेछ।
- बैठक कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालयमा बस्नेछ। यसअघि मंसिरमा बसेको बैठकले चुनावमा भाग लिने निर्णय गरेको थियो।
- पार्टी एकता र दल दर्ता प्रक्रियाबारे पनि छलफल हुनेछ। महासचिव विप्लवले निर्वाचन आयोगमा गएर मतदाता नामावली अध्यावधिक गरिसकेका छन्।
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक जेठ १८ गते बस्ने भएको छ । हरेक ६/६ महिनामा बस्ने नियमित प्रक्रिया अनुसार नै केन्द्रीय समिति बैठक बोलाइएको स्थायी समिति सदस्य कर्णजित बुढाथोकीले जानकारी दिए ।
कपिलवस्तुस्थित शिवगढीमा रहेको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टीको नाम, चुनाव चिन्ह, दल दर्ता प्रक्रिया, वामपन्थी ध्रुवीकरण, उत्पादन सम्बन्धी कार्यक्रम, समसामयिक राजनीति घटनाक्रम लगायत विषयमा छलफल हुने बुढाथोकीले बताए ।
गएको मङ्सिर तेस्रो साता सम्पन्न बैठकले २०८४ को निर्वाचनमा भाग लिने निर्णय गरेको थियो । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय यथावत् राखिएको थियो । दल दर्ता गर्ने प्रयोजनका लागि महासचिव विप्लवले निर्वाचन आयोग पुगेर मतदाता नामावलीमा आफ्नो नाम अध्यावधि गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आधा विश्वले जलवायु परिवर्तनका कारण अतिरिक्त गर्मीको सामना गर्योः अध्ययन
-
सेनेटरी प्याड बनाउन छात्रालाई तालिम
-
सुदूरपश्चिमको समृद्धिको ढोका खोल्दै महाकाली करिडोर
-
राष्ट्रिय युवा उद्यमी सञ्जालकाे अध्यक्षमा सुशील पराजुली चयन
-
‘जातीय भेदभावका कारण वर्षेनी ६ खर्ब रुपियाँ बराबर नोक्सान’
-
पनौतीलाई ‘विश्व सम्पदा’ मा सूचीकृत गराउन पहल