विप्लवले बोलाए केन्द्रीय समिति बैठक, नाम परिवर्तनबारे निर्णय हुने
सारांश
- विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक जेठ १८ गते बस्ने भएको छ। बैठकमा पार्टीको नाम, चुनाव चिन्ह लगायतका विषयमा छलफल हुनेछ।
- बैठक कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालयमा बस्नेछ। यसअघि मंसिरमा बसेको बैठकले चुनावमा भाग लिने निर्णय गरेको थियो।
- पार्टी एकता र दल दर्ता प्रक्रियाबारे पनि छलफल हुनेछ। महासचिव विप्लवले निर्वाचन आयोगमा गएर मतदाता नामावली अध्यावधिक गरिसकेका छन्।
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक जेठ १८ गते बस्ने भएको छ । हरेक ६/६ महिनामा बस्ने नियमित प्रक्रिया अनुसार नै केन्द्रीय समिति बैठक बोलाइएको स्थायी समिति सदस्य कर्णजित बुढाथोकीले जानकारी दिए ।
कपिलवस्तुस्थित शिवगढीमा रहेको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टीको नाम, चुनाव चिन्ह, दल दर्ता प्रक्रिया, वामपन्थी ध्रुवीकरण, उत्पादन सम्बन्धी कार्यक्रम, समसामयिक राजनीति घटनाक्रम लगायत विषयमा छलफल हुने बुढाथोकीले बताए ।
गएको मङ्सिर तेस्रो साता सम्पन्न बैठकले २०८४ को निर्वाचनमा भाग लिने निर्णय गरेको थियो । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय यथावत् राखिएको थियो । दल दर्ता गर्ने प्रयोजनका लागि महासचिव विप्लवले निर्वाचन आयोग पुगेर मतदाता नामावलीमा आफ्नो नाम अध्यावधि गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण