१३ दिनदेखि स्थानीय तहका कर्मचारी आन्दोलित
सारांश
- कर्णालीमा स्थानीय तहका कर्मचारीहरू १३ दिनदेखि आन्दोलनमा छन्, प्रदेश सरकारले ल्याएको विधेयकको विरोध गर्दै।
- आन्दोलनकारी कर्मचारीहरूले संशोधित विधेयकमा आफ्ना मागहरू सम्बोधन नभएको बताएका छन्।
- प्रदेश सरकारका प्रवक्ताले आन्दोलनको औचित्य नभएको र विधेयक सभामा दर्ता भइसकेको जनाए।
सुर्खेत । कर्णालीमा स्थानीय तहका कर्मचारीहरू विभिन्न माग राख्दै विगत १३ दिनदेखि आन्दोलनमा छन् । प्रदेश सरकारले ल्याएको ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन—८१ लाई संशोधन गर्न बनेको विधेयक’ का विरुद्ध उनीहरू आन्दोलित भएका हुन् ।
संशोधित विधेयकमा पनि आफ्ना मागहरू सम्बोधन नभएको उनीहरूको भनाइ छ । यद्यपि प्रदेश सरकारले भने आन्दोलनको कुनै औचित्य नभएको बताएको छ ।
बुधवार बिहान पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता विनोदकुमार शाहले आन्दोलनको औचित्य नभएको बताए । ‘आन्दोलन गर्न पाइन्छ तर संशोधित विधेयक सभामा दर्ता भइसक्यो,’ उनले भने, ‘पहिला दर्ता भएको विधेयक हामीले फिर्ता लियौँ । त्यस्तै केही कुराहरू समावेश गर्नुपर्ने थियो । साथै निजामती ऐनसँग मिलान पनि गर्नुपर्ने थियो ।’
अहिले स्थानीय तहका कर्मचारीमा विषयहरू समेत सम्बोधन गरेर सभामा दर्ता गराइएको उनको भनाइ छ । ‘त्यसकारण उहाँहरूले आन्दोलन गरिरहनुपर्ने औचित्य छैन,’ उनले भने, ‘उहाँहरू स्थानीय तहमा फर्किएर काम गर्दा राम्रो हुन्छ । अब बरु दर्ता भएको विधेयक चाँडै पारित गर्ने कुरामा सरकार लाग्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण