दोलखा । पछिल्ला वर्षहरूमा दोलखा आलु उत्पादनको हिसाबले प्रमुख जिल्लाको रूपमा चिनिन थालेको छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको दोलखामा प्रायः जसो नौ वटै पालिकाको माथिल्लो क्षेत्रमा आलु खेती हुने गरेको छ ।
_3vE4aKIK6Q.jpg)
अहिले यहाँको ढुंगेदेखि शैलुङसम्म आलु फुलेर निकै मनमोहक देखिएको छ । यहाँका स्थानीय किसानहरू हिजोआज आलुको स्याहार गर्न व्यस्त छन् । अहिले यहाँका बारीहरू रङ्गीबिरङ्गी फूलहरूले सजिएका छन् ।
_4JPxFKN7Kl.jpg)
गत पुस र माघमा रोपेको आलु खन्न तथा बिक्री गर्न साउन पछि किसानलाई भ्याई नभ्याई हुन्छ । दोलखाको शैलुङदेखि ढुंगेसम्मका क्षेत्रका अलावा जिरी, मेलुङ, गौरीशंकर, विगु र वैतेश्वरमा अन्य पालिकाको तुलनामा धेरै आलु खेती हुने गरेको छ ।
_YHL0MAH0q7.jpg)
हरेक वर्ष शैलुङ गाउँपालिकाबाट मात्रै वार्षिक ३५ करोड भन्दा बढीको आलु बिक्री हुने गरेको छ । पालिकाको वडा नम्बर-१, २, ३, ६ र ८ मा अत्यधिक आलु खेती हुने गरेको गाउँपालिकाको तथ्याङ्क छ । शैलुङ गाउँपालिकाको झोर, मनगाउँ, ढुङे लगायत क्षेत्रबाट करोडौँको आलु उत्पादन हुने गरेको छ।
_c9fl8gCA1f.jpg)
_sDYkzGEqqa.jpg)
_KNXKrI90tl.jpg)
_f9376eVNFs.jpg)
_8oDLPr9tGV.jpg)
_DQ1VtXD12h.jpg)
_5wG0Z1xWye.jpg)
_nhdOGAgZJC.jpg)
_zqjEfshcvx.jpg)
_hUS5Q6eRzk.jpg)
_sE1haj6pwE.jpg)
_yYa3aZpwEx.jpg)
प्रतिक्रिया