बिहीबार, १५ जेठ २०८२
ताजा लोकप्रिय
दोलखामा फस्टाउँदै आलुखेती, तस्बिरहरू
कृषि

दोलखामा फस्टाउँदै आलुखेती, तस्बिरहरू

बुधबार, १४ जेठ २०८२

दोलखा । पछिल्ला वर्षहरूमा दोलखा आलु उत्पादनको हिसाबले प्रमुख जिल्लाको रूपमा चिनिन थालेको छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको दोलखामा प्रायः जसो नौ वटै पालिकाको माथिल्लो क्षेत्रमा आलु खेती हुने गरेको छ ।

potato dolakha (1)

अहिले यहाँको ढुंगेदेखि शैलुङसम्म आलु फुलेर निकै मनमोहक देखिएको छ । यहाँका स्थानीय किसानहरू हिजोआज आलुको स्याहार गर्न व्यस्त छन् । अहिले यहाँका बारीहरू रङ्गीबिरङ्गी फूलहरूले सजिएका छन् ।

potato dolakha (5)

गत पुस र माघमा रोपेको आलु खन्न तथा बिक्री गर्न साउन पछि किसानलाई भ्याई नभ्याई हुन्छ । दोलखाको शैलुङदेखि ढुंगेसम्मका क्षेत्रका अलावा जिरी, मेलुङ, गौरीशंकर, विगु र वैतेश्वरमा अन्य पालिकाको तुलनामा धेरै आलु खेती हुने गरेको छ ।

potato dolakha (10)

हरेक वर्ष शैलुङ गाउँपालिकाबाट मात्रै वार्षिक ३५ करोड भन्दा बढीको आलु बिक्री हुने गरेको छ । पालिकाको वडा नम्बर-१, २, ३, ६ र ८ मा अत्यधिक आलु खेती हुने गरेको गाउँपालिकाको तथ्याङ्क छ । शैलुङ गाउँपालिकाको झोर, मनगाउँ, ढुङे लगायत क्षेत्रबाट करोडौँको आलु उत्पादन हुने गरेको छ।

potato dolakha (2)potato dolakha (3)potato dolakha (4)potato dolakha (6)potato dolakha (7)potato dolakha (8)potato dolakha (9)potato dolakha (11)potato dolakha (12)potato dolakha (13)potato dolakha (14)potato dolakha (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया