विपद् जोखिम न्यूनीकरण गर्न एमालेका ११ कार्ययोजना
सारांश
- नेकपा एमालेले विपद् जोखिम न्यूनीकरणका लागि मातहतका कमिटीहरूलाई सक्रिय बनाउने निर्णय गरेको छ।
- पार्टीले बाढीपहिरो र डुबानबाट हुने जोखिम कम गर्न पूर्व तयारी, सचेतना, उद्धार र राहतका कार्यमा लाग्न निर्देशन दिएको छ।
- केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग गठन गर्ने र ११ बुँदे कार्ययोजना पारित गरिएको छ।
काठमाडौँ । नेकपा एमालेले विपद् जोखिम न्यूनीकरणका लागि मातहतका कमिटीहरूलाई सक्रिय बनाउने भएको छ ।
सो पार्टीको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले मंगलबार रणनीतिक कार्यशालाले ११ बुँदे कार्ययोजना पारित गरेको छ । विभाग प्रमुख खिमलाल भट्टराईका अनुसार सबै जिल्ला कमिटी मातहत विपद् व्यवस्थापन स्वयंसेवा विभाग गठन गरिनेछ ।
कार्यशालामा महासचिव शङ्कर पोखरेलले पार्टीका सबै जिल्ला कमिटी मातहत विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग गठन गर्न र पार्टी कमिटीहरूलाई बाढी पहिरो र डुबानबाट हुन सक्ने जोखिमको न्यूनीकरणका निम्ति पूर्व तयारी, सचेतना तथा उद्धार र राहतका कार्यहरूमा जुट्न निर्देशन दिएका छन् ।
विपद् विज्ञ डा वसन्त अधिकारीले वाढीपहिरो र जोखिमका विभिन्न पक्षहरूको बारेमा कार्यशालामा विषय प्रस्तुति गरेका थिए । प्रदेश/ जिल्ला कमिटीका अध्यक्षहरू, जिल्ला विभागका प्रमुखहरू, जन सङ्गठनका प्रमुख र प्रतिनिधिहरू कार्यक्रममा सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण