१० महिनामा २१ करोड रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात
काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा २१ करोड रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को साउनदेखि वैशाख मसान्तसम्ममा २१ करोड १८ लाख ४५ हजार रुपैयाँको ४९९ किलो यार्सागुम्बा निर्यात भएको हो ।
उक्त यार्सागुम्बामध्ये सबैभन्दा धेरै ११ करोड २१ लाख १३ हजार रुपैयाँको ५९ किलो यार्सागुम्बा हंकङमा निर्यात भएको छ ।
यसैगरी दोस्रोमा ३ करोड ८४ लाख ३९ हजार रुपैयाँको १४४ किलो यार्सागुम्बा चीनमा, तेस्रोमा सिंगापुरतर्फ १ करोड ८८ लाख ४१ हजार रुपैयाँको २३ किलो यार्सागुम्बा निर्यात भएको छ ।
यस्तै १ करोड १३ लाख १८ हजार रुपैयाँको ५९ किलो यार्सागुम्बा निर्यात भएको छ । १ करोड १ लाख ९० हजार रुपैयाँको २२ किलो अमेरिका,१ करोड ६ लाख ८० हजार रुपैयाँको ४० किलो भियतनाममा निर्यात भएको छ ।
यसैगरी ५९ लाख ३१ हजार रुपैयाँको २२ किलो बेलायत ३९ लाख २१ हजार रुपैयाँको १२ किलो मलेसिया, ४ लाख ५ हजार रुपैयाँको १ किलो जापान र ६ हजार रुपैयाँको १० ग्राम यार्सागुम्बा थाइल्याण्ड निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण