साढे तीन बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित
बुधबार, १४ जेठ २०८२, १५ : २०
काठमाडौँ । संघीय संसद अन्तर्गत बुधबार बसेको प्रतिनिधि सभाको बैठक साढे तीन बजेसम्मका लागि स्थगित भएको छ । यसअघि आधा घण्टाका लागि बैठक स्थगित भएको थियो ।
प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै विपक्षी दलहरूले विरोध गरेका थिए । सभामुख देवराज घिमिरेले संसद् सुरु भएको जानकारी गराउना साथ विपक्षीहरूले उठेर विरोध गरेका हुन् ।
भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले मंगलबारदेखि संसद् अवरुद्ध गर्दै आएका छन् ।
विपक्षीले नाराबाजी गरेपछि मंगलबार आधा घण्टाका लागि स्थगित भएको बैठक पछि सूचना टाँसेर आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण