लोकसेवा आयोगको तीनबर्षे रणनीतिक योजना सार्वजनिक
काठमाडौं– लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले परिवर्तित सन्र्दभमा आयोगलाई आमूल परिर्वतन गर्न नसकिएको स्वीकार गरेका छन् । लोकसेवा आयोगको ६८ औ बार्षिकोत्सव समारोहको अवसरमा शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अध्यक्ष मैनालीले निष्पक्षता र स्वतन्त्रताको सवालमा इतिहास रच्न सफल आयोगले आफ्नो साख गुम्ने भयका कारण अग्रगमनमा पाईला चाल्न नसकेको बताएका हुन् ।
उनले आक्रमक प्रवर्तनद्धारा आमूल परिर्वतन गरि अगुवा संस्था हुन नसके पनि समयको माग अनुसार रुपान्तरण गर्ने प्रयास भने भइरहेको बताए । तल्ला पदहरुमा केही हदसम्म प्रयोग गरिएको एकीकृत परीक्षालाई अब रापत्रांकित प्रथम श्रेणीमा विस्तार गरिएको उल्लेख गर्दे उनले परीक्षासम्बन्धी गोप्य काम गर्ने शाखा लगायतमा परीक्षाको प्राप्ताङ्क र क्रम दुवै थाहा नपाउने व्यवस्था गरिएको बताए ।
उनले गलत भर्ना नीति र गलत भर्ना प्रक्रियाले प्रशासन संयन्त्रभित्र स्थायी खराबीहरु प्रवेश भएको भन्दै मकैमा ढुसी र काठमा धमिराको संज्ञा दिए । उनले परिर्वतनलाई कुशल व्यवस्थापन गर्न सक्ने जनशक्ति प्रवेश गराउनका लागि औसत मस्तिष्क नभई उत्कृष्ट मस्तिष्क भित्र्याउन सक्नुपर्ने बताए ।
अनलाई दरखास्त, मोबाईल एप्स लगायत इ सेवा दिदै आएको आयोगले आगामी श्रावण देखी अनलाई पेमेन्ट पुर्ण रुपमा लागु गर्ने भएको छ । अध्यक्ष मैनालीले नेपालको संविधान बमोजिमको लोक सेवा आयोग ऐन जारी नहुँदा काम गर्न असजिलो भएको भन्दै आयोग सम्बन्धी विधेयक चाडो संघीय संसदमा प्रस्तुत गर्न सरकारसंग माग गरे । आयोगले तीन बर्षीय रणनीतिक योजनाआजै देखि सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेश सरकारले पठाएको राहत हुम्ला पुग्यो
-
तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु
-
यस्ताे छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
चार वायुको सक्रियता कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
नेपालस्थित पाकिस्तानी दूतावासमा ‘यौम ए–तशकुर’ मनाइयो
-
सांसद शेरचनले फेसबुकमा पोस्ट गरे राजीनामाको नमुना