राजावादी प्रदर्शन
राजावादी प्रदर्शनमा झन्डै २ हजार सशस्त्र प्रहरी परिचालन
बिहीबार, १५ जेठ २०८२, १४ : १४
सारांश
- राप्रपाको नेतृत्वमा गणतन्त्रको विरोधमा शान्तिबाटिका क्षेत्रमा प्रदर्शन आयोजना गरिएको छ।
- प्रदर्शनमा सशस्त्र प्रहरीका झन्डै दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।
- जिल्ला प्रशासन कार्यालय काठमाडौँले राप्रपालाई बिहीबार मध्यान्ह २ बजेपछि प्रदर्शन गर्न अनुमति दिएको थियो।
काठमाडौँ । गणतन्त्रको विरोधमा राजावादीहरूले आयोजना गरेको प्रदर्शनमा सशस्त्र प्रहरीका झन्डै दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्वमा गणतन्त्रको विरोधमा शान्तिबाटिका क्षेत्रमा प्रदर्शन आयोजना गरिएको छ । बिहीबार मध्यान्ह २ बजेपछि प्रदर्शन गर्ने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँले राप्रपालाई अनुमति दिएको छ ।
महत्त्वपूर्ण प्रतिष्ठान र प्रदर्शनमा भिड नियन्त्रण गर्न सशस्त्र प्रहरी बलका करिब २ हजार सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका एक जना अधिकृतले रातोपाटीलाई बताए । सशस्त्र प्रहरी बल नेपालको नम्बर–९ बाहिनीले सुरक्षा योजना सहित आफ्नो सुरक्षाकर्मी परिचालन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको कीर्तिपुरमा गाडीमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण