बजेट उत्ताउलो र गैरजिम्मेवार छैन : डा.स्वर्णिम वाग्ले

काठमाडौँ । अर्थशास्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.स्वर्णिम वाग्लेले सरकारले ल्याएको आगामी वर्षको बजेट उत्ताउलो र गैरजिम्मेवार नभएको बताएका छन् ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्मा पेस गरेको आर्थिक वर्ष २०८२/८३ को बजेट खर्च गर्न सक्ने क्षमतामाथि उनले शङ्का व्यक्त गरे । ‘सरकारले आज १९ खर्ब ६४ अर्बको बजेट पेस गरेको छ । त्यो धेरै उत्ताउलो र गैरजिम्मेवार छैन भन्ने हामीले टिप्पणी गरेका छौँ । तर भूकम्पपछि ठुलो बजेटको आकार फुक्दै जाने, माघमा गएर सुक्ने जुन पुरानो रोगको निरन्तरता हुन्छ कि भन्ने हामीलाई चिन्ता छ’, उनले भने ।
यसका आधार प्रस्तुत गर्दै वाग्लेले हिजो साँझसम्म सरकारले खर्च गरेको बजेट १२ सय ३० अर्ब रहेको र अर्थमन्त्रीले १९ सय ६४ अर्ब खर्च गर्छौँ भनेकाले विश्वास गर्ने ठाउँ नभएको विश्लेषण गरे ।
‘गत साल १८ सय ६० अर्बको बजेट थियो । तर यो आर्थिक वर्ष सकिन ६ हप्ता पनि बाँकी छैन । अब २ खर्ब नै बढ्यो भने पनि सरकारले खर्च गर्ने क्षमता १४/१५ खर्ब मात्र रहेछ’, उनले भने, ‘अनुकूल समयमा बलिया सरकारले ल्याएको सरकारले पनि ८०/८५ प्रतिशत भन्दा बढी खर्च भएको छैन । यसलाई मनन गर्न हामी अर्थमन्त्रीलाई सन्देश दिएका छौँ ।’
त्यसकारण घाँटी हेरेर हाड निल्ने कुरा गर्दा यो बजेट पनि त्यही पुरानै खालको हुन्छ कि भन्ने आफूहरूको चिन्ता रहेको बताए । अर्थमन्त्री पौडेलले पेस गरेको राजश्वका कुरा पनि त्यति पत्यारिला नभएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाइल्यान्डकी ओपलले पहिरिइन् मिस वर्ल्ड- २०२५ को ताज
-
डाइभर्सन बनाएर ‘एसियन हाइवे’ सञ्चालनमा
-
रुससँग सीमा जोडिएका युक्रेनका ११ गाउँ खाली गर्न आदेश
-
सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि ‘हेल्पलाइन’ सेवा
-
गाजाको मानवीय अवस्था युद्ध सुरु भएदेखि अहिलेसम्मकै गम्भीर : संयुक्त राष्ट्रसङ्घ
-
१० बजे १० समाचार : पूर्वमा बाढीको क्षतिदेखि राजावादी आन्दोलनसम्म