बजेट उत्ताउलो र गैरजिम्मेवार छैन : डा.स्वर्णिम वाग्ले
काठमाडौँ । अर्थशास्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.स्वर्णिम वाग्लेले सरकारले ल्याएको आगामी वर्षको बजेट उत्ताउलो र गैरजिम्मेवार नभएको बताएका छन् ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्मा पेस गरेको आर्थिक वर्ष २०८२/८३ को बजेट खर्च गर्न सक्ने क्षमतामाथि उनले शङ्का व्यक्त गरे । ‘सरकारले आज १९ खर्ब ६४ अर्बको बजेट पेस गरेको छ । त्यो धेरै उत्ताउलो र गैरजिम्मेवार छैन भन्ने हामीले टिप्पणी गरेका छौँ । तर भूकम्पपछि ठुलो बजेटको आकार फुक्दै जाने, माघमा गएर सुक्ने जुन पुरानो रोगको निरन्तरता हुन्छ कि भन्ने हामीलाई चिन्ता छ’, उनले भने ।
यसका आधार प्रस्तुत गर्दै वाग्लेले हिजो साँझसम्म सरकारले खर्च गरेको बजेट १२ सय ३० अर्ब रहेको र अर्थमन्त्रीले १९ सय ६४ अर्ब खर्च गर्छौँ भनेकाले विश्वास गर्ने ठाउँ नभएको विश्लेषण गरे ।
‘गत साल १८ सय ६० अर्बको बजेट थियो । तर यो आर्थिक वर्ष सकिन ६ हप्ता पनि बाँकी छैन । अब २ खर्ब नै बढ्यो भने पनि सरकारले खर्च गर्ने क्षमता १४/१५ खर्ब मात्र रहेछ’, उनले भने, ‘अनुकूल समयमा बलिया सरकारले ल्याएको सरकारले पनि ८०/८५ प्रतिशत भन्दा बढी खर्च भएको छैन । यसलाई मनन गर्न हामी अर्थमन्त्रीलाई सन्देश दिएका छौँ ।’
त्यसकारण घाँटी हेरेर हाड निल्ने कुरा गर्दा यो बजेट पनि त्यही पुरानै खालको हुन्छ कि भन्ने आफूहरूको चिन्ता रहेको बताए । अर्थमन्त्री पौडेलले पेस गरेको राजश्वका कुरा पनि त्यति पत्यारिला नभएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण