प्रेस काउन्सिलद्वारा मिडियाको इतिहास प्रकाशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालले नेपाली मिडियाको सबै विधा समेटिएको अनुसन्धानात्मक पुस्तक तयार पारेको छ । नेपाली मिडियाको इतिहास, छापादेखि डिजिटलसम्म नामक उक्त कृति शुक्रबार सार्वजनिक हुने भएको काउन्सिलले जनाएको छ ।
गोरखापत्रभन्दा अघिको पर्चाको इतिहासदेखि वर्तमान डिजिटल मिडिया समेट्ने उक्त पुस्तक सात जना विज्ञले करिब एक वर्षको अध्ययन, अनुसन्धानपछि तयार पारेको काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले जानकारी दिए ।
मिडियाका विभिन्न विधागत विज्ञ, विश्वविद्यालयका अध्यापकसहितलाई सहभागी गराई नेपाली मिडियाको इतिहासदेखि वर्तमानसम्म झल्कने दस्तावेज तयार भएको उनले बताए । सबै विधागत विषय समेटिएको यो प्रकाशन नेपाली मिडिया जगतमा नौलो र पहिलो नै हुने दाबी गरिएको छ ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले एउटै पुस्तकमा हिजोदेखि आज र भोलिलाई समेत आधारशीला हुने मिडियाको दस्तावेज अभाव भएर यो प्रकाशन गरिएको जानकारी दिए ।
‘पहिले लिपिवद्ध भएका कृतिहरु विधागत रुपमा बेग्ला बेग्लै थिए । ती मध्ये पनि कतिपय अनुसन्धानात्मक चरित्र बोकेका थिएन । पछिल्ला न्यू मिडिया समावेश भएका अनुसन्धानात्मक विषयसहितको कृतिको त अभाव हुने नै भयो । यही अभाव र शून्यता हटाउने प्रयास स्वरुप यो कृति प्रकाशन भएको हो’, अध्यक्ष बस्नेतले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण