डाइभर्सन मर्मत गरेसँगै सञ्चालनमा आयो कान्ति लोकपथ
सारांश
- बागमती खोलाले पहुँच मार्ग बगाउँदा अवरुद्ध भएको कान्ति लोकपथ सडक पुनः सञ्चालनमा आएको छ।
- मकवानपुरको भीमफेदी गाउँपालिका-८ स्थित बागमती खोलाको पहुँच मार्ग मर्मतपछि सडक खुलेको हो।
- प्रहरीका अनुसार, भर्याङ डाँडामा खसेको पहिरो हटाइएपछि यातायात सुचारु भएको छ।
हेटौँडा । बागमती खोलाले पहुँच मार्ग बगाउँदा अवरुद्ध भएको कान्ति लोकपथ सडक सञ्चालनमा आएको छ । वर्षाका कारण बिहीबार बिहान बागमती खोलाले बगुवा स्थित ड्राभर्शनको ह्यमपाइएप बगाउँदा सडक बन्द भएको थियो ।
उक्त स्थानमा पुन डाइभर्सन मर्मत गरी बिहीबार रातिबाट सवारी साधन सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित बागमती खोलाको पहुँच मार्ग पुनः निर्माण गरेपछि कान्ति लोकपथ सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उक्त सडक अण्ड अन्तर्गत भर्याङ डाँडामा खसेको सुख्खा पहिरो पनि हटाइएको उनले बताए ।
गत असोज १० देखि १२ गतेको वर्षाका कारण बागमती खोलामा आएको बाढीले कान्ति लोकपथ अन्तर्गतको बगुवा स्थित बेलिब्रिजको पहुँच मार्ग बगाएको थियो । पहुँच मार्ग बगाएसँगै सो स्थानमा डाइभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण