डाइभर्सन मर्मत गरेसँगै सञ्चालनमा आयो कान्ति लोकपथ

समाचार सारांश
- बागमती खोलाले पहुँच मार्ग बगाउँदा अवरुद्ध भएको कान्ति लोकपथ सडक पुनः सञ्चालनमा आएको छ।
- मकवानपुरको भीमफेदी गाउँपालिका-८ स्थित बागमती खोलाको पहुँच मार्ग मर्मतपछि सडक खुलेको हो।
- प्रहरीका अनुसार, भर्‍याङ डाँडामा खसेको पहिरो हटाइएपछि यातायात सुचारु भएको छ।
हेटौँडा । बागमती खोलाले पहुँच मार्ग बगाउँदा अवरुद्ध भएको कान्ति लोकपथ सडक सञ्चालनमा आएको छ । वर्षाका कारण बिहीबार बिहान बागमती खोलाले बगुवा स्थित ड्राभर्शनको ह्यमपाइएप बगाउँदा सडक बन्द भएको थियो ।
उक्त स्थानमा पुन डाइभर्सन मर्मत गरी बिहीबार रातिबाट सवारी साधन सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित बागमती खोलाको पहुँच मार्ग पुनः निर्माण गरेपछि कान्ति लोकपथ सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उक्त सडक अण्ड अन्तर्गत भर्याङ डाँडामा खसेको सुख्खा पहिरो पनि हटाइएको उनले बताए ।
गत असोज १० देखि १२ गतेको वर्षाका कारण बागमती खोलामा आएको बाढीले कान्ति लोकपथ अन्तर्गतको बगुवा स्थित बेलिब्रिजको पहुँच मार्ग बगाएको थियो । पहुँच मार्ग बगाएसँगै सो स्थानमा डाइभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेशका ६४ वटै प्रदेश सभा क्षेत्रमा एकैपटक सडक शिलान्यास गर्दै प्रधानमन्त्री ओली
-
राष्ट्र र जनताका हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा गर्व छ : प्रधानमन्त्री ओली
-
च्याम्पियन्स लिग : युवा भर्सेस अनुभवको फाइनल
-
गाउँपालिकाको नामकरण गरिएको ताल नै सङ्कटमा
-
जनप्रतिनिधिले नागरिकको अपेक्षाअनुसार काम गर्नुपर्छ : सिटौला
-
पृथ्वी पथले मारकाट गरेर एकताबद्ध हुने कुरा मात्रै सिकाउँछ : प्रधानमन्त्री ओली