ललितपुरमा खाजा खान होटेलमा पसेका युवकको शङ्कास्पद मृत्यु
शुक्रबार, १६ जेठ २०८२, ११ : ४८
सारांश
- ललितपुर महानगरपालिकामा एक युवकको शङ्कास्पद मृत्यु भएको छ।
- मृत्यु हुनेमा काभ्रेका २३ वर्षीय टुकेस मगर रहेका छन्, जो खाजा खान होटल पसेका थिए।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र पोस्टमार्टम रिपोर्टको आधारमा थप कारबाही अघि बढाइनेछ।
काठमाडौँ । ललितपुर महानगरपालिका–१४ स्थित नखिपोटमा खाजा खान होटेलमा प्रवेश गरेका युवकको शङ्कास्पद मृत्यु भएको छ । जेठ १४ मा मध्यान्ह काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर–५ घर भएका २३ वर्षीय टुकेस मगरको मृत्यु भएको हो ।
नखिपोटस्थित लोहाचोकमा बस्दै आएका मगर दिलबहादुर आलेको खाजा घरमा छिरेर टेबुलमा बसेका थिए । टेबलमा बसिरहेकै अवस्थामा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए ।
उनको शव पाटन अस्पतालमा पोस्टमार्टम गरिँदै छ । शङ्कास्पद तवरले मृत्यु भएको भन्दै प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ । पोस्टमार्टम रिपोर्टको आधारमा थप अनुसन्धान अघि बढाइने एसपी जोशीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण