शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

ललितपुरमा खाजा खान होटेलमा पसेका युवकको शङ्कास्पद मृत्यु

शुक्रबार, १६ जेठ २०८२, ११ : ४८
शुक्रबार, १६ जेठ २०८२

समाचार सारांश

  • ललितपुर महानगरपालिकामा एक युवकको शङ्कास्पद मृत्यु भएको छ।
  • मृत्यु हुनेमा काभ्रेका २३ वर्षीय टुकेस मगर रहेका छन्, जो खाजा खान होटल पसेका थिए।
  • प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र पोस्टमार्टम रिपोर्टको आधारमा थप कारबाही अघि बढाइनेछ।

काठमाडौँ । ललितपुर महानगरपालिका–१४ स्थित नखिपोटमा खाजा खान होटेलमा प्रवेश गरेका युवकको शङ्कास्पद मृत्यु भएको छ । जेठ १४ मा मध्यान्ह काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर–५ घर भएका २३ वर्षीय टुकेस मगरको मृत्यु भएको हो ।

नखिपोटस्थित लोहाचोकमा बस्दै आएका मगर दिलबहादुर आलेको खाजा घरमा छिरेर टेबुलमा बसेका थिए । टेबलमा बसिरहेकै अवस्थामा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए ।

 उनको शव पाटन अस्पतालमा पोस्टमार्टम गरिँदै छ । शङ्कास्पद तवरले मृत्यु भएको भन्दै प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ । पोस्टमार्टम रिपोर्टको आधारमा थप अनुसन्धान अघि बढाइने एसपी जोशीले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप