एन प्याब्सनले दियो शिक्षिकाहरूलाई तालिम
सारांश
- एन प्याब्सन काठमाडौँ जिल्ला समितिले ४० विद्यालयका ३२७ शिक्षिकाहरूलाई तालिम दियो।
- तालिम पूर्वप्राथमिक र प्राथमिक तहका शिक्षकहरूलाई लक्षित गरी शिक्षण सिकाइ विधि, माइक्रो टिचिङ, र शिक्षक उत्प्रेरणा कार्यशालामा केन्द्रित थियो।
- कार्यक्रममा गीता क्षेत्री राणा, रितुराज सापकोटा, सूर्यबहादुर अधिकारी लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो ।
काठमाडौँ । एन प्याब्सन काठमाडौँ जिल्ला समितिले शिक्षकहरूलाई तालिम दिएको छ । काठमाडौँका ४० विद्यालयका ३२७ जना शिक्षिकाहरूलाई तालिम दिएको हो। पूर्वप्राथमिक तथा प्राथमिक तहका शिक्षिकाहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो।
नेसनल प्याब्सनकी संस्थापक अध्यक्ष तथा संविधान सभाकी सदस्य गीता क्षेत्री राणाको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा नेसनल प्याब्सन केन्द्रीय समितिका पूर्व अध्यक्ष रितुराज सापकोटा, वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर अधिकारी, महासचिव प्रतापबहादुर थापा, उपाध्यक्ष कुमार भट्टराई, उपाध्यक्ष धर्मराज रेग्मी, टेक्सास कलेजका प्राचार्य श्यामसुन्दर श्रेष्ठ, कार्यक्रम निर्देशक नारायण पोखरेल, प्रशिक्षक अशोककुमार दाहाल लगायतको उपस्थिति रहेको थियो।
तालिममा शिक्षण–सिकाइ विधि, माइक्रो टिचिङ र टिचर मोटिभेसनल वर्कशप सञ्चालन गरिएको थियो। तालिमबारे जानकारी दिँदै जिल्ला समिति अध्यक्ष होमबहादुर अधिकारी (मनोज) ले प्रारम्भिक तहका बालबालिकालाई लक्षित गरेर प्रभावकारी शिक्षण विधिको अभ्यास गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण