कुकुर र बिरालोले खाने वस्तुमा १० प्रतिशत अन्तःशुल्क वृद्धि
सारांश
- सरकारले कुकुर र बिरालोको खानामा १० प्रतिशत अन्तःशुल्क बढाएको छ ।
- आगामी आर्थिक वर्षदेखि कुकुर र बिरालोको खाना आयात गर्दा २० प्रतिशत अन्तःशुल्क लाग्नेछ ।
- सरकारले सिमेन्ट, भेप, इलेक्ट्रिक चुरोट र चिनीमा पनि कर परिवर्तन गरेको छ, जसमध्ये चिनीको भन्सार १५ प्रतिशतले घटाइएको छ।
काठमाडौँ । सरकारले घरपालुवा जनावर कुकुर र बिरालोले खाने बस्तुमा १० प्रतिशत अन्तःशुल्क वृद्धि गरेको छ । बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेट मार्फत ल्याएको आर्थिक ऐनमार्फत उक्त वस्तुमा अन्तःशुल्क वृद्धि गरेका हुन् ।
चालु आर्थिक वर्ष २०८१/८२ मा घरपालुवा जनावर कुकुर र बिरालोले खाने बस्तुमा १० प्रतिशत मात्रै अन्तःशुल्क लाग्ने गरेकोमा आगामी आर्थिक वर्षमा विदेशबाट आयात गर्दा २० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ ।
घरपालुवा जनावर कुकुर र बिरालोका लागि नेपालमा हरेक वर्ष ३ अर्ब रुपैयाँ भन्दा बढीको खाना आयात हुने गरेको छ ।
बजेटमा सिमेन्टमा ५ प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ । प्रति मेट्रिक टन २२० रुपैयाँ रहेको अन्तःशुल्क बढाएर अब ५ प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको हो ।
अब पोर्टल्याण्ड सिमेन्ट, आलुमिनस सिमेन्ट, स्लयाग सिमेन्ट, सुपर सल्फेट सिमेन्ट सबैमा ५ प्रतिशत अन्तःशुल्क लाग्ने छ । प्रति मेट्रिक टन २२० रुपैयाँ अन्तःशुल्क हुँदा प्रतिबोरा ११ रुपैयाँ रहेकोमा अब बढाएर ५ प्रतिशत अन्तःशुल्क लगाउने भएको हो ।
त्यस्तै भेप, इलेक्ट्रिक सिगरेट, हुक्का फ्लेभर पान मसला, माउथ फ्रेसनरमा पनि स्वास्थ्य जोखिम कर लगाएको छ । हालसम्म बिँडी, चुरोट, सिगारमा मात्र कर लाग्दै आएकामा इलेक्ट्रिक सिगरेट, भेप, खाने सुर्ती, खैनी, गुट्खा, पान मसला, सुगन्धित सुपारी, माउथ फ्रेसनर र हुक्का फ्लेवरमा यस्तो कर लाग्नेछ ।
सासले तान्ने उद्देश्यले विद्युतीय चार्ज गर्न मिल्ने वा नमिल्ने गरी तयार पारिएका हिटेड टोबाकोमा भन्सार महसुल प्रयोजनको लागि कायम भएको मूल्यको १० प्रतिशत कर लाग्ने भएको छ ।
त्यस्तै, चिनीको भन्सार १५ प्रतिशत बिन्दुले घटाएको छ । चिनीको भन्सार ३० प्रतिशत रहेकोमा अब १५ प्रतिशत मात्रै बनाएको हो । चिनीसँगै सखर र मिस्रीको भन्सार पनि ३० प्रतिशतबाट घटाएर १५ प्रतिशत नै बनाएको छ ।
सरकारले छ्याङ आयात गर्दा लाग्ने भन्सार शुल्क दोब्बर वृद्धि गरेको छ । चालु आर्थिक वर्षमा छ्याङ आयात गर्दा लाग्ने ४० प्रतिशत भन्सार शुल्क वृद्धि गरी ८० प्रतिशत पुर्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै उपत्यकाका पौडी पोखरीमा बढ्यो भिडभाड, तस्बिरहरु
-
कांग्रेस कपिलवस्तुका सहसचिव अरशदले दिए राजीनामा
-
‘द लास्ट डान्स’
-
प्रधानमन्त्रीको निर्देशनअनुसार काम गरिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता
-
पूर्व सांसद तथा एमाले नेता गुप्ताको निधन
-
नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटुपी रेमिट्यान्स सेवा सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण