पत्रकार सम्मेलन
ईभीमा कर नबढाउने निर्णय गरेर सही काम गरेँ : अर्थमन्त्री पौडेल
शुक्रबार, १६ जेठ २०८२, १४ : ३६
सारांश
- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युतीय सवारी साधनमा कर नबढाएकोमा आफूलाई सही लागेको बताए।
- उनले ईभीको प्रयोग बढाउन स्थिर नीति आवश्यक रहेको बताए।
- बजेटअघि ईभीमा कर बढ्ने हल्ला चलेको थियो, तर सरकारले कर यथावत राख्यो।
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले विद्युतीय सवारी साधनको कर नबढाएर ठिक गरेको अनुभूति भएको बताएका छन् । बिहीबार संसदमा प्रस्तुत गरेको बजेटबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले ईभीमा कर नबढाएर सही निर्णय गरेको बताएका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले भने– ‘ईभीमा कर नबढाएर ठिक गरेँ भन्ने लाग्छ । कर बढेन पनि ।’
उनले ईभी सवारी साधनको प्रयोगलाई वृद्धि गर्नेको लागि स्थिर नीतिको आवश्यक रहेको सङ्केत गरे । अर्थमन्त्री पौडेलले ईभीमा कर वृद्धि हुने भन्दै बजेटअघि ईभी सवारी साधनको आयात धेरै भएको थियो । तर व्यवसायीको सोच भन्दा फरक गरी ईभी सवारीको करलाई सरकारले यथावत् राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण