शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय
पत्रकार सम्मेलन

ईभीमा कर नबढाउने निर्णय गरेर सही काम गरेँ : अर्थमन्त्री पौडेल

शुक्रबार, १६ जेठ २०८२, १४ : ३६
शुक्रबार, १६ जेठ २०८२

समाचार सारांश

  • अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युतीय सवारी साधनमा कर नबढाएकोमा आफूलाई सही लागेको बताए।
  • उनले ईभीको प्रयोग बढाउन स्थिर नीति आवश्यक रहेको बताए।
  • बजेटअघि ईभीमा कर बढ्ने हल्ला चलेको थियो, तर सरकारले कर यथावत राख्यो।

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले विद्युतीय सवारी साधनको कर नबढाएर ठिक गरेको अनुभूति भएको बताएका छन् । बिहीबार संसदमा प्रस्तुत गरेको बजेटबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले ईभीमा कर नबढाएर सही निर्णय गरेको बताएका हुन्। 

पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले भने–  ‘ईभीमा कर नबढाएर ठिक गरेँ भन्ने लाग्छ । कर बढेन पनि ।’

उनले ईभी सवारी साधनको प्रयोगलाई वृद्धि गर्नेको लागि स्थिर नीतिको आवश्यक रहेको सङ्केत गरे । अर्थमन्त्री पौडेलले ईभीमा कर वृद्धि हुने भन्दै बजेटअघि ईभी सवारी साधनको आयात धेरै भएको थियो । तर व्यवसायीको सोच भन्दा फरक गरी ईभी सवारीको करलाई सरकारले यथावत् राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप