शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

गाजामा युद्धविराम लागु गर्नेबारे के भन्छन् पूर्व अमेरिकी विशेष दूत ?

शुक्रबार, १६ जेठ २०८२, १५ : ४७
शुक्रबार, १६ जेठ २०८२

काठमाडौँ । मध्यपूर्वका लागि पूर्व अमेरिकी विशेष दूतले युद्धविराम वार्तामा सबैभन्दा ठुलो बाधा भनेको दुवै पक्षले एकअर्कासँग मेलै नखाने मागहरू गरिरहेको बताएका छन् । 

अमेरिका र इजरायलले त्यस्तो सम्झौता गर्नै चाहँदैनन् जसमा हमासलाई धेरै शक्तिशाली सेना दिइयोस् भनेर डेभिड स्याटरफिल्डले बीबीसी रेडियो ४ को ‘टुडे’ कार्यक्रममा भनेका छन् । 

उनीहरू आवश्यक परेमा गाजामा फेरि आक्रमण गर्ने स्वतन्त्रता पनि चाहने पनि उनले बताए । हमासले पूर्ण युद्धविराम र युद्धको अन्त्यको माग गरिरहेको उनको भनाइ थियो । केही बन्धकहरूको रिहाइ र अस्थायी युद्धविराम समावेश गर्ने व्यवस्था गर्न सकिने तर यो दीर्घकालीन सम्झौतामा परिणत हुन सक्छ कि सक्दैन भन्ने फरक प्रश्न भएको पनि उनले बताए । 

यसअघि हमासका एक वरिष्ठ अधिकारीले बीबीसीलाई समूहले गाजामा युद्धविराम र बन्धकहरूको रिहाइको लागि अमेरिकाको नयाँ प्रस्तावलाई अस्वीकार गर्ने भनेका थिए ।

यो प्रस्तावले पूर्ण युद्धविरामको लागि आफ्नो मूल माग पूरा नगर्ने हमासको भनाइ थियो । बिहीबार, अमेरिकी ह्वाइट हाउसले इजरायलले अमेरिकी विशेष दूत स्टीव विटकफको प्रस्तावमा हस्ताक्षर गरेको र अब यस प्रस्तावमा हमासको प्रतिक्रियाको प्रतीक्षा गरिरहेको बताएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप