सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : पूर्वमा बाढीको क्षतिदेखि राजावादी आन्दोलनसम्म

शनिबार, १७ जेठ २०८२, २२ : ००
शनिबार, १७ जेठ २०८२

काठमाडौँ । आज मिति २०८२ साल जेठ महिनाको १७ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

  • राजावादीको प्रदर्शन

व्यवस्था उल्टाउने उद्देश्यसहित बिहीबारदेखि आन्दोलन सुरु गरेका राजावादीहरूले शनिबार राजधानी काठमाडौँमा प्रदर्शन गरेका छन् । आज नारायणहिटी दरबार क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेका थिए । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा जारी गरेपछि राजावादी समूह ‘संयुक्त जनआन्दोलन समिति’ले  पूर्वनिर्धारित प्रदर्शनस्थल परिवर्तन गरेर शान्तिवाटिका (रत्नपार्क) मा प्रदर्शन गरेको हो ।

  • प्रधानमन्त्री ओलीको कटाक्ष

प्रधानमन्त्री केपी शर्मा ओलीले जनता, राष्ट्रका हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा गर्व रहेको बताएका छन् । शनिबार काठमाडौँमा बुद्धिजीवी परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले सही कुरालाई समर्थन गर्दा झोले भन्ने प्रवृत्ति बढेको बताएका हुन् । 

  • मधेशी दलहरूको मोर्चा

व्यवस्था उल्टाउने उद्देश्यसहित बिहीबारदेखि आन्दोलन सुरु गरेका राजावादीहरूले शनिबार राजधानी काठमाडौँमा प्रदर्शन गरेका छन् । आज नारायणहिटी दरबार क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेका थिए । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा जारी गरेपछि राजावादी समूह ‘संयुक्त जनआन्दोलन समिति’ले  पूर्वनिर्धारित प्रदर्शनस्थल परिवर्तन गरेर शान्तिवाटिका (रत्नपार्क) मा प्रदर्शन गरेको हो ।

  • संघर्ष र सफलता

कुरा, २०५४ सालको हो, धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकास्थित महेन्द्रोदय माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उनी सपनाको खोजीमा काठमाडौँ हान्निए । गाउँबाट ३०० रुपैयाँ बोकेर काठमाडौँ छिरेका उनी अहिले आफ्नो अथक सङ्घर्षको प्रतिफल स्वरूप मासिक १२ लाख रुपैयाँ हाराहारी कमाउन सक्ने हैसियतमा पुगेका छन् । त्यो पनि कुनै व्यापार व्यवसाय गरेर होइन, आफ्नो सीप बेचेर मासिक आम्दानी गरिरहेका हुन् ।  

  • पहिलो प्रस्रव

१७ वर्षको उमेर (२०३० साल) मा ‘रोदनको कारण बुझ्दा’ शीर्षकको कथा गोरखापत्रमा प्रकाशित भएसँगै सिर्जना शर्माको पाइला नेपाली साहित्य जगतमा परेको थियो । यद्यपि कृतिकारका रुपमा उदाउन भने उनलाई समय लाग्यो ।

  • किताबका कुरा

नेपाली काव्य जगत्मा स्थापित नाम हो, श्यामल । ३० को दशकदेखि पत्रकारितामार्फत कलम चलाउन थालेका श्यामलका आजसम्म चार कृति प्रकाशित छन्— कविता सङ्ग्रहहरू ‘तपाईंहरू मार्फत’ (२०४४), ‘लयब्रह्म’ (२०६०), ‘हतारमा यात्रा’ (२०६८) र ‘रित्तो गाउँ’ (निबन्ध सङ्ग्रह, २०७०) । 

  • संस्कार विमर्श

नेवाः समुदाय मूलतः काठमाडौँ उपत्यकाका मूलवासी हुन् । उपत्यका कुनै वेला पानीले भरिएको ठुलो ताल थियो । तालको पानी सुकेर गएपछि यहाँ जो समथर भूमि बन्यो, त्यो कृषिका लागि अत्यन्त उर्वर थियो । उक्त उर्वर भूमिमा उत्पादन हुने कृषिजन्य सामग्री वर्षभरि खाएर सकिने खालको थिएन । त्यसको उपभोग गर्न कुनै न कुनै त्यस्तो भेलाको आयोजना हुनुपर्दथ्यो जसमा एकैपटक धेरै जनाले खाद्य ग्रहण गर्न सकुन् । सायद त्यसै कारणले पनि होला, नेवाः समुदायले मनाउने चाड, जात्रा, पर्वजस्तै पारिवारिक घेराभित्र मनाइने संस्कार–संस्कृतिहरूको संख्या पनि उत्तिकै छन् ।

  • मनसुन

 शनिबार बिहान राति परेको अविरल वर्षा पछिको बाढीका कारण अवरुद्ध बनेको कोशी प्रदेशका ९ वडा सडकमध्ये पाँच वटा एकतर्फी खुलेको छ ।  कोशी प्रदेश प्रहरी कार्यालयले दिएको विवरण अनुसार अझै चार वटा सडक खुलेको छैन ।

  • शनिबार विशेष
  • फोटोफिचर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप