शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

म्यानचेस्टर युनाइटेड छाडेर अल–हिलालमा आबद्ध हुँदै ब्रुनो फर्नान्डेज

शुक्रबार, १६ जेठ २०८२, १६ : १७
शुक्रबार, १६ जेठ २०८२

काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका प्रभावशाली मिडफिल्डर ब्रुनो फर्नान्डेजले क्लब छाड्ने संकेत दिएका छन् । 

३० वर्षीय फर्नान्डेज साउदी अरेबियन ब्यवसायीक लिग क्लब अल–हिलालमा आबद्ध हुने तयारीमा रहेको समाचारमा जनाइएको छ । 

फर्नान्डेजले आगामी साता नै यस विषयमा ठोस निर्णय लिने सम्भावना रहेको बताइएको छ । अल–हिलालले फर्नान्डेजलाई निकै ठुलो पारिश्रमिकको प्रस्ताव दिएको छ । फर्नान्डेजका प्रतिनिधिका अनुसार, पछिल्लो केही समययता अल–हिलालका पदाधिकारीसँग विभिन्न चरणमा छलफल भइसकेको छ ।

प्रिमियर लिगमा निराशाजनक प्रदर्शनपछि म्यानचेस्टर युनाइटेड हाल एसिया भ्रमणमा छ । म्यानचेस्टर युनाइटेडले भने यस विषयमा औपचारिक रुपमा केही बताएको छैन । फर्नान्डो पोर्चुगलको राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी पनि हुन् । 

उनी सन् २०२० मा म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका थिए । त्यसअघि उनी स्पोर्टिङ सीपीबाट व्यवसायीक फुटबल खेल्थे ।

उनी म्यानचेस्टर युनाइटेडका कप्तान पनि हुन् । केही समयदेखि उनले क्लब छाड्ने चर्चा चुलिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप