म्यानचेस्टर युनाइटेड छाडेर अल–हिलालमा आबद्ध हुँदै ब्रुनो फर्नान्डेज
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका प्रभावशाली मिडफिल्डर ब्रुनो फर्नान्डेजले क्लब छाड्ने संकेत दिएका छन् ।
३० वर्षीय फर्नान्डेज साउदी अरेबियन ब्यवसायीक लिग क्लब अल–हिलालमा आबद्ध हुने तयारीमा रहेको समाचारमा जनाइएको छ ।
फर्नान्डेजले आगामी साता नै यस विषयमा ठोस निर्णय लिने सम्भावना रहेको बताइएको छ । अल–हिलालले फर्नान्डेजलाई निकै ठुलो पारिश्रमिकको प्रस्ताव दिएको छ । फर्नान्डेजका प्रतिनिधिका अनुसार, पछिल्लो केही समययता अल–हिलालका पदाधिकारीसँग विभिन्न चरणमा छलफल भइसकेको छ ।
प्रिमियर लिगमा निराशाजनक प्रदर्शनपछि म्यानचेस्टर युनाइटेड हाल एसिया भ्रमणमा छ । म्यानचेस्टर युनाइटेडले भने यस विषयमा औपचारिक रुपमा केही बताएको छैन । फर्नान्डो पोर्चुगलको राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी पनि हुन् ।
उनी सन् २०२० मा म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका थिए । त्यसअघि उनी स्पोर्टिङ सीपीबाट व्यवसायीक फुटबल खेल्थे ।
उनी म्यानचेस्टर युनाइटेडका कप्तान पनि हुन् । केही समयदेखि उनले क्लब छाड्ने चर्चा चुलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण