शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

१४ वर्ष मुनिको विद्यालय खेलकुद जेठ २२ देखि काठमाडौँमा आयोजना गरिने

शुक्रबार, १६ जेठ २०८२, १६ : २७
शुक्रबार, १६ जेठ २०८२

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १४ वर्षमुनिको विद्यालय खेलकुद यही जेठ २२ देखि २६ गतेसम्म काठमाडौँमा आयोजना गर्ने भएको छ । 

बालबालिकाको खेल प्रतिभाको खोजी गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा ६ वटा खेल समावेश गरिएको जानकारी राखेप प्रतियोगिता विभाग प्रमुख मीनकुमार शर्माले दिए । 

प्रतियोगितामा एथलेटिक्स, टेबुलटेनिस, बास्केटबल, रग्वी, व्याडमिन्टनका छात्र/छात्रा र क्रिकेटको स्पर्धा समावेश गरिएको छ । प्रतियोगिताको उद्घाटन जेठ २२ गते हुनेछ । एथलेटिक्स र रग्वी २२ र २३ गते दशरथ रंगशालामा हुनेछन् । 

सोही मितिमा व्यडमिन्टन देवीनगर हल बानेश्वर, टेबलटेनिस लैनचौर र बास्केटबल राखेप कभर्डहल त्रिपुरेश्वरमा सन्चालन गरिने भएको छ ।

छात्र क्रिकेट भने २२ देखि २६ गतेसम्म मुलपानी क्रिकेट मैदानमा सञ्चालन गरिने शर्माले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप