१४ वर्ष मुनिको विद्यालय खेलकुद जेठ २२ देखि काठमाडौँमा आयोजना गरिने
शुक्रबार, १६ जेठ २०८२, १६ : २७
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १४ वर्षमुनिको विद्यालय खेलकुद यही जेठ २२ देखि २६ गतेसम्म काठमाडौँमा आयोजना गर्ने भएको छ ।
बालबालिकाको खेल प्रतिभाको खोजी गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा ६ वटा खेल समावेश गरिएको जानकारी राखेप प्रतियोगिता विभाग प्रमुख मीनकुमार शर्माले दिए ।
प्रतियोगितामा एथलेटिक्स, टेबुलटेनिस, बास्केटबल, रग्वी, व्याडमिन्टनका छात्र/छात्रा र क्रिकेटको स्पर्धा समावेश गरिएको छ । प्रतियोगिताको उद्घाटन जेठ २२ गते हुनेछ । एथलेटिक्स र रग्वी २२ र २३ गते दशरथ रंगशालामा हुनेछन् ।
सोही मितिमा व्यडमिन्टन देवीनगर हल बानेश्वर, टेबलटेनिस लैनचौर र बास्केटबल राखेप कभर्डहल त्रिपुरेश्वरमा सन्चालन गरिने भएको छ ।
छात्र क्रिकेट भने २२ देखि २६ गतेसम्म मुलपानी क्रिकेट मैदानमा सञ्चालन गरिने शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल अरनिको यातायात सेवा प्रा.ली.समक्ष ८ बुँदे माग प्रस्तुत
-
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत पुराना कर्मचारीको सम्पत्ति छानबिन हुने
-
आगामी मौद्रिक नीतिमा राष्ट्र बैंकले लिनुपर्ने ७ एजेन्डा
-
सुदूरपश्चिमका ओलम्पियन खेलाडीहरू नगदसहित सम्मानित
-
कर्णालीमा असारे विकास : २१ दिनमा ३ अर्ब २० करोड बढी खर्च
-
ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको प्रशंसा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण