फेवातालको सिमाना छुट्ट्याउन सुरु, मुख्यमन्त्रीले गाडे पोल

समाचार सारांश
- पोखराको फेवातालको सीमामा भौतिक पिलर गाड्ने कार्य सुरु भएको छ, जसमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पहिलो पिलर गाडे।
- फेवातालको सीमाङ्कन गर्न डीजीपीएस प्रविधि र ड्रोन सर्भे प्रयोग गरिएको छ, जसले तालको क्षेत्रफल बढाएको छ।
- फेवातालको हाई फ्लड लेबल ७९४.९५ मिटर कायम गरिएको छ, जसले गर्दा तालको क्षेत्रफल १२ हजार ४६८ रोपनी पुगेको छ।
पोखरा । पोखराको फेवाताल सीमामा आजदेखि भौतिक रूपमा पिलर गाडिएको छ । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पहिलो पिलर गाडेर सीमा छुट्टाउने अभियान सुरु गरेका हुन् ।
सँगै पोखराका मेयर धनराज आचार्य र कास्कीका सिडिओ भरतमणि पाण्डेले पनि छुट्टाछुट्टै पोल गाडेका छन् । ‘फेवाताल जोगाउने कामको सुरुवात भयो,’ पोल गाडेपछि मुख्यमन्त्री पाण्डेले भने, ‘पहिलो पिलर एचएफएल (हाइ फ्लड लेबल) गाडियो ।’
तालको पछिल्लो पटक पुनः नापजाँच गरी तालको यथार्थ अवस्था बारे विवरणहरू यकिन गरिएका छन् । फेवातालको सिमाङ्कन गरी प्रतिवेदन पेस गर्न गठित प्राविधिक उपसमितिले फेवातालको सिमाना यकिन गर्न डीजीपीएस प्रविधि र ड्रोन सर्वेमार्फत डिटेल सर्वेक्षण गरेको हो ।
पछिल्लो रिपोर्टअनुसार २९ वटा मुख्य आधार बिन्दुहरू कायम गरी ४० सेमी उचाइका २९ पिल्लरहरु जमिनमुनि गाडिएका छन् । यो रिपोर्टले तालको क्षेत्रफल पनि बढाएको छ । सिँचाइ डिभिजन कार्यालय कास्कीको विगत १० वर्षको रेकर्ड तथा विभिन्न समयमा बनेका फेवातालका नक्साहरूको अध्ययन पश्चात् फेवातालको हाई फ्लड लेबल ७९४.९५ मिटर कायम गरिएको छ ।
उक्त बिन्दुलाई आधार मान्दा तालको ताल घर ६.३४३ वर्ग किमी अर्थात् १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम कायम भएको छ । तालको चारैतिर १ हजार ५५ वटा डिजिटल पोल गाडिसकिएको र भौतिक पोल आजदेखि गाड्न थालिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशको स्थानीय सेवा सम्बन्धी विधेयक बहुमतबाट पारित
-
बैंकर र व्यवसायी छुट्याएरै छाड्ने राष्ट्र बैंकको अडान
-
एमालेमा ‘म झोले हो’ पोस्टर ट्रेन्ड, भाजपाको नक्कल गरेको आरोप | KP OLI | Narendra Modi
-
‘मिस एन्ड मिस्टर रोयल ग्लोबल क्विन नेपाल २०२५’मा छानिए ४ विजेता
-
सरकार र यातायात व्यवसायीबिचको वार्ता निष्कर्षविहीन
-
चिडियाखानाको रेडपाण्डा चोर्न खोजेको आरोपमा दुई जना पक्राउ