कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड सञ्चालन हुन केही समय लाग्ने
शनिबार, १७ जेठ २०८२, १४ : १५

समाचार सारांश
- अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले धरान-धनकुटा सडक खण्डको १०० मिटर सडक बगायो।
- सडक डिभिजन कार्यालयसँग समन्वय भए पनि बाढीका कारण वैकल्पिक मार्ग खुलाउन नसकिने प्रहरीको भनाइ छ।
- सडक अवरुद्ध हुँदा कोशी राजमार्ग र तमोर करिडोर हुँदै पूर्वी तराईबाट धनकुटातर्फको यातायात ठप्प भएको छ।
काठमाडौँ । बाढीका कारण कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड सञ्चालनमा केही समय लाग्ने भएको छ । अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले साागुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक नै बगाएपछि उक्त सडक खण्ड सञ्चालनमा केही समय लाग्ने भएको हो ।
यातायात सञ्चालनका लागि सडक डिभिजन कार्यालय धनकुटासँग समन्वय भए पनि बाढी कम नभएसम्म वैकल्पिक मार्ग खुलाउन नसकिने प्रहरीले जनाएको छ । सडक नै बगाएपछि पैदलै हिँड्नेहरुलाई समेत कठिनाइ भएको छ ।
सडक अवरोध हुँदा कोशी राजमार्ग र तमोर करिडोर भएर पूर्वी तराईबाट धनकुटा हुँदै भोजपुर, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर यातायात ठप्प भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने
-
अख्तियारमा सोलुखुम्बुका ७० उजुरी दर्ता
-
सिस्नुको सुपदेखि कटहरको छोइलासम्मका परिकारको प्रदर्शनी तस्बिरमा
-
नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा