कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड सञ्चालन हुन केही समय लाग्ने
शनिबार, १७ जेठ २०८२, १४ : १५
सारांश
- अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले धरान-धनकुटा सडक खण्डको १०० मिटर सडक बगायो।
- सडक डिभिजन कार्यालयसँग समन्वय भए पनि बाढीका कारण वैकल्पिक मार्ग खुलाउन नसकिने प्रहरीको भनाइ छ।
- सडक अवरुद्ध हुँदा कोशी राजमार्ग र तमोर करिडोर हुँदै पूर्वी तराईबाट धनकुटातर्फको यातायात ठप्प भएको छ।
काठमाडौँ । बाढीका कारण कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड सञ्चालनमा केही समय लाग्ने भएको छ । अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले साागुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक नै बगाएपछि उक्त सडक खण्ड सञ्चालनमा केही समय लाग्ने भएको हो ।
यातायात सञ्चालनका लागि सडक डिभिजन कार्यालय धनकुटासँग समन्वय भए पनि बाढी कम नभएसम्म वैकल्पिक मार्ग खुलाउन नसकिने प्रहरीले जनाएको छ । सडक नै बगाएपछि पैदलै हिँड्नेहरुलाई समेत कठिनाइ भएको छ ।
सडक अवरोध हुँदा कोशी राजमार्ग र तमोर करिडोर भएर पूर्वी तराईबाट धनकुटा हुँदै भोजपुर, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर यातायात ठप्प भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण