पार्टीहरूको पञ्चायतीकरण र नेताहरूको राजतन्त्र कायम छ : महासचिव भुसाल
सारांश
- नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पार्टी र नेताहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाए। उनले गणतन्त्रको स्टिकर टाँसेर मात्रै गणतन्त्र नहुने बताए।
- भुसालले नेताहरू देश र जनताको सट्टा धन कमाउन केन्द्रित भएको आरोप लगाए। उनले लोकतन्त्रका लागि दलहरूको सुधार आवश्यक रहेको उल्लेख गरे।
- महासचिव भुसालले नैतिकताको प्रश्न उठाउँदै भारदार र गणतन्त्रवादी नेताहरूको जीवनशैलीमा समानता रहेको बताए। उनले पार्टीहरू पञ्चायतीकरणतर्फ उन्मुख भएको टिप्पणी गरे।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पार्टीहरूको पञ्चायतीकरण र नेताहरूको राजतन्त्र कायम रहेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले गणतन्त्रको स्टिकर टाँसेर मात्रै गणतन्त्र रहन नसक्ने बताएका हुन् ।
उनले देश र जनता बनाउनुको ठाउँमा नेताहरू धन कमाउने कुरामा ध्यान केन्द्रित गरिरहेको बताए । लोकतन्त्रमा दल नसुध्रीकन नहुने उनको भनाइ छ ।
महासचिव भुसालले भने, ‘भारदारहरू र हाम्रा नेताहरू फरक छन् साँच्चै ? भन्न सक्छौँ ? म गणतन्त्रवादी, मेरा नेता र राजाका भारदारको जीवनमा फरक छैन । तिनले बस्ने कुर्सी, तिनले हिँड्ने तरिका, तिनका भेटघाट, रातिको भेटघाट, सम्पत्ति । साँच्चै कति कति फरक छ । गणतन्त्रवादीले यो नैतिकताका साथ किन भन्न सकिरहेका छैनन् । दोषी को हो ? यो नखोज्ने हो भने बिरालाको घाँटीमा कसैले घण्टी बाँध्दैनन् । दूरदिन अझै लम्बिएर जान्छ ।’
महासचिव भुसालले भारदारहरू र गणतन्त्रवादीहरू फरक छौँ भनेर नैतिकताका साथ गणतन्त्रवादीहरूले भन्न नसक्ने बताए । उनले भने, ‘यो त्यही विचारमा हामीले गरेको कम्प्रमाइजका लागि बीपीले र पुष्पलालले लिएको बदला हो भन्ने लाग्छ । पार्टीहरू पञ्चायत जस्ता भए । अलिअलि छलफल त पञ्चायत, राष्ट्रिय पञ्चायतमा पनि हुन्थे । पार्टीहरूको पञ्चायतीकरण, नेताहरूको राजतन्त्र । गणतन्त्रको एउटा स्टिकर टाँसेर हुने हो की ? हामी धन कमाउने आदि इत्यादि काममा हामी गयौँ । लोकतन्त्रमा दल नसुध्रीकन हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण