किसानलाई सहुलियतमा धानको बीउ
सारांश
- पाल्पाको रामपुर नगरपालिकाले किसानलाई सहुलियत दरमा धानको बीउ वितरण गरेको छ।
- नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा सावित्री, रामधान र साँवामन्सुली जातका बीउ उपलब्ध गराएको छ।
- अनुदानका कारण किसानलाई राहत मिलेको छ र बजारबाट महँगो मूल्यमा बीउ खरिद गर्नुपर्ने बाध्यता हटेको छ।
रामपुर। पाल्पा रामपुर नगरपालिकाले किसानलाई सहुलियत दरमा धानको बीउ वितरण गरेको छ।
कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले सावित्री १४ हजार दुई सय ९८ किलोग्राम, साँवामन्सुली छ हजार चार सय किलो र रामधानको एक हजार तीन सय किलो बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको जानकारी दिए । नगरपालिकाले अग्रिम सूचना जारी गरी किसानको मागका आधारमा सात सय १५ किसानलाई २१ हजार नौ सय ९८ किलो बीउ उपलब्ध गराइएको गैरेले बताए।
नगरप्रमुख रमणबहादुर थापाले कृषि उत्पादन बढाउन धान, मकै र गहुँलगायत बालीमा अनुदानका कार्यक्रम अगाडि बढाइएको जानकारी दिए । रामपुर उर्बरभूमि रहेकाले नगरपालिकाले कृषि उत्पादन वृद्धि गरेर आत्मनिर्भर बनाउन उत्पादनमूलक कार्यक्रम, विभिन्न उपकरण वितरण, तालिम, गोष्ठी जस्ता कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।
सहुलियतमा धानको बीउ पाएपछि पाल्पा रामपुर नगरपालिकाका किसानलाई राहत मिलेको छ ।
यसरी अनुदानमा बीउ पाएपछि बजारबाट महँगो मूल्यमा धानको बीउ खरिद गर्नुपर्ने बाध्यता टरेको रामपुर–६ का विजयपुरका ओमप्रकाश रेग्मीले बताए ।
नगरपालिकाले ५० प्रतिशत अनुदानमा सावित्रीप्रति किलो रु ३४, रामधानर साँवामन्सुलीप्रति किलो रु ३७ का दरले उपलब्ध गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक महिनामै रौतहट प्रहरीले बरामद गर्यो १ करोड ४३ लाखभन्दा बढीको अवैध सामान
-
इतिहास रच्ने दाउमा कीर्तिमानी क्रिस्टियानो
-
रास्वपाले सार्वजनिक गर्यो महाधिवेशनको आधिकारिक लोगो
-
मकवानपुरका ४० भन्दा बढी औषधी पसल बन्द गर्न निर्देशन
-
प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै संसदमा विपक्षीको विरोध कायमै
-
विश्व फुटबलमा मेस्सीले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण