आजदेखि वाइसीएलको सम्मेलन
सारांश
- वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु हुँदैछ। यसको उद्घाटन पूर्वप्रधानमन्त्री प्रचण्डले गर्नेछन्।
- सम्मेलनले उद्यमशीलता, नवप्रवर्तन र स्वरोजगारलाई जोड दिनेछ। नयाँ नेतृत्व चयनको लागि तयारी भइरहेको छ।
- नयाँ नेतृत्वका लागि विभिन्न व्यक्तिहरू आकांक्षी छन्। ४० वर्षे उमेरहदका कारण धेरै पदाधिकारी बाहिरिने भएका छन्।
काठमाडौँ । नेकपा माओवादी केन्द्रको सहायक संगठन मानिने योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को तेस्रो राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ ।
‘उद्यमशीलता, नवप्रवर्तन र स्वरोजगारका लागि आजको युवा आन्दोलन ! सुशासन, समाजिक न्याय, समृद्धि र समाजवादको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन !!’ भन्ने नाराका साथ हुने सम्मेलनको उद्घाटन दिउँसो १२ः ३० बजे प्रज्ञा भवन कमलादीमा पूर्वप्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्दैछन् ।
जेठ १९ सम्म हुने सम्मेलनबाट भावी नेतृत्व चयन हुनेछ । नेतृत्वका लागि उपाध्यक्ष केहरसिंह कुँवर, उपमहासचिव पुष्प ओली, सचिवबाट माधव बस्नेत, डम्बर पुलामी, गणेश शाही ‘विद्रोही’ लगायत आकांक्षी रहेका छन् ।
महासचिवभन्दा माथिका लगभग सबै ४० वर्षे उमेरहदका कारण पदाधिकारीबाट बाहिरिँदैछन् । आगामी सम्मेलनबाट २५१ सदस्यीय केन्द्रीय समिति र ३५ सदस्य पदाधिकारी बनाउने कार्यविधि बनिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण