गाजामा सहायता केन्द्रमा भागदौड हुँदा २१ जनाको मृत्यु
सारांश
- गाजा पट्टीमा प्यालेस्टिनीहरूले संयुक्त राष्ट्र संघका खाद्य ट्रकहरू रोकेर खाद्य सामग्री लुटेका छन्।
- इजरायल समर्थित फाउन्डेसनको केन्द्रमा सहायता लिने क्रममा भागदौड हुँदा २१ जनाको मृत्यु भएको छ भने १७५ जना घाइते भएका छन्।
- इजरायलको नाकाबन्दीका कारण गाजामा भोकमरीको अवस्था आएको छ, जसले गर्दा मानिसहरू खाद्य सामग्रीका लागि हताश भएका छन्।
गाजापट्टी । गाजा पट्टीमा प्यालेस्टिनीहरूले संयुक्त राष्ट्र संघ (यूएन)को दर्जनौँ खाद्य ट्रकहरू जबरजस्ती रोकेर खाद्य सामानहरू लुटेका छन् । संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले शनिबार यो जानकारी दिएको हो ।
इजरायल समर्थित फाउन्डेसनको केन्द्रमा सहायता प्राप्त गर्ने क्रममा भागदौडमा २१ जनाको मृत्यु भएको रेडक्रस अस्पतालले बताएको छ । यस क्रममा अरु १७५ जना घाइते भएको भनिएको छ । इजरायल र अमेरिका समर्थित संस्थाले सहायता वितरण केन्द्र स्थापना गरेका छन् । मानिसहरूले बुधबार खाद्य वितरण केन्द्रमा आक्रमण गरेका थिए ।
इजरायल र हमास बीचको युद्धविराम वार्ता अगाडि बढिरहेको छ । तर यतिबेला भोकले ग्रस्त बनेका गाजावासीहरूको ध्याउन्न आफ्नो भोक मेटाउने बाहेक अरूमा छैन । हतियारधारीहरूले रातारात गाजा पट्टीमा प्रवेश गर्न लागेका दर्जनौँ सहायता ट्रकहरू अपहरण गरेका थिए ।
सयौँ हताश प्यालेस्टिनीहरू पनि यो उनीहरूसँग सामेल भए । गाजालाई सहयोग गर्न ७७ ट्रकहरू लगिएको डब्ल्यूएफपीले बताएको छ । यीमध्ये धेरैजसो ट्रक पीठोले भरिएका थिए ।
लगभग तीन महिनादेखि इजरायलले लगाएको नाकाबन्दीका कारण गाजा भोकमरीको संघारमा छ । हालै इजरायली सहायता भित्रिन अनुमति दिइएका कारण दबाब केही कम भए पनि, संस्थाहरूले अझै पनि पर्याप्त खाना नआएको बताएका छन् । विशेष गरी बालबालिकाको अवस्था गम्भीर बनेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण