मृत पशुपन्क्षीलाई श्रद्धाञ्जली दिएर मनाइयो नार्ड

काठमाडौँ । शनिवार राजधानीकाे स्वयम्भूस्थित धर्मचक्र पार्क (भगवान् पाउ पार्क)मा एनिमल सेभ, नेपालको आयोजनामा राष्ट्रिय पशुपन्छी अधिकार दिवस (नार्ड) मनाइएको छ।
यो कार्यक्रम मानवद्वारा मारिएका सबै पशुपन्छीको स्मरणमा दुई मिनेटको मौन धारणा गरी सुरु भएको थियो। त्यसपछि पशुपन्क्षीको सम्झनामा दियो बाल्दै पशुपन्क्षीका तस्बिरमा फूल चढाएर श्रद्धाञ्जलीसमेत दिइएको आयोजकको भनाइ छ ।
कार्यक्रममा पशुपन्क्षीलाई कष्ट नदिईकन, पशुको माछा मासुलगायत भोजन नखाई पनि जीवन जिउन सकिन्छ भन्नेबारे अभियन्ताहरूले धारणा राखेका थिए। त्यस्तै, शाकाहारी जीवनशैलीबारे नेपाल र विश्वभर भइरहेका प्रगतिबारे पनि सहभागीहरूलाई जानकारी दिइयो।
कार्यक्रमको सुरुवात बुद्ध पार्कबाट भगवान् पाउ पार्कसम्मको शान्तिपूर्ण र मौन पदयात्राबाट भएको थियो।
भगवान् पाउमा पुगी सहभागीहरूले पशुका पीडा पोख्ने खालका कथा र कविता वाचन गरे। मौन धारण, फूल चढाउने र दियो बाल्ने कार्यसँगै पशु अधिकारको घोषणापत्रसमेत पढिएको थियो। उपस्थिति सबैले क्रूरतारहित जीवनशैलीमा प्रतिबद्ध हुने बताए भने पशु अधिकारको घोषणापत्रमा समेत हस्ताक्षर गरे।
कार्यक्रममा नेपाल साकाहारी संघका अध्यक्ष कृष्ण गुरुङको गीत प्रस्तुति र रघु आदित्यले लेखेको पुस्तक ‘शाकाहार तर्काधार’ सार्वजनिक गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा कथाघेरा प्रोडक्सनद्बारा रचित 'एनिमल फार्म'को एडप्टेसनबाट एक गीतको विशेष प्रस्तुति रहेको थियो। नार्डमा लभिङ हार्ट भिगन रेष्टुरेन्ट, वाईट लोटस्, भिगन हाउस, सारा बेक्स भिगन, बेटर ब्याटर भिगन, सो भिगनलगायतको साथ रहेको आयोजकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित
-
निगुरो बेचेर घर खर्चको जोहो गर्दै कुमाल समुदाय
-
झापाका कृषकले पाएनन् चैते धानको समर्थन मूल्य
-
‘कञ्चनजङ्घा आरोहणले दुई देशबीचको सम्बन्ध थप बलियो’
-
निजामती अस्पतालमा नयाँ प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण सुरु
-
अयोध्या–धामको नाममा जग्गा नहुँदा समस्या