मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

सार्वजनिक यातायात बचाउ आन्दोलनमा ट्रक व्यवसायी सहभागी हुने

आइतबार, १८ जेठ २०८२, १७ : ३३
आइतबार, १८ जेठ २०८२

काठमाडौँ । सार्वजनिक यातायात क्षेत्रको संरक्षण र अधिकार सुनिश्चितताको माग गर्दै जारी आन्दोलनमा नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ सक्रिय रूपमा सहभागी हुने भएको छ । 

महासङ्घको आइतबार बसेको कार्यसमिति बैठकले सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समितिले निर्धारण गरेका विरोध कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउने निर्णय गरेको हो ।

यसैबिच सङ्घर्ष समितिले आन्दोलनका क्रममा माइतीघर मण्डलामा सोमबार दिउँसो साढे १२ बजे विरोध सभा गर्ने निर्णय समेत गरेको छ । 

प्रदेश सरकारहरूले ल्याइरहेका नियमावली सङ्घीय ऐनसँग बाझिने किसिमका रहेको भन्दै सार्वजनिक यातायात क्षेत्र नै विस्थापित हुने खतरामा पुगेको महासङ्घको अध्यक्षमा हिरालाल श्रेष्ठले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप