सार्वजनिक यातायात बचाउ आन्दोलनमा ट्रक व्यवसायी सहभागी हुने
आइतबार, १८ जेठ २०८२, १७ : ३३
काठमाडौँ । सार्वजनिक यातायात क्षेत्रको संरक्षण र अधिकार सुनिश्चितताको माग गर्दै जारी आन्दोलनमा नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ सक्रिय रूपमा सहभागी हुने भएको छ ।
महासङ्घको आइतबार बसेको कार्यसमिति बैठकले सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समितिले निर्धारण गरेका विरोध कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउने निर्णय गरेको हो ।
यसैबिच सङ्घर्ष समितिले आन्दोलनका क्रममा माइतीघर मण्डलामा सोमबार दिउँसो साढे १२ बजे विरोध सभा गर्ने निर्णय समेत गरेको छ ।
प्रदेश सरकारहरूले ल्याइरहेका नियमावली सङ्घीय ऐनसँग बाझिने किसिमका रहेको भन्दै सार्वजनिक यातायात क्षेत्र नै विस्थापित हुने खतरामा पुगेको महासङ्घको अध्यक्षमा हिरालाल श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण