राजावादी प्रदर्शन
जिल्ला प्रहरी परिसर काठमाडौँबाटै समातिए सांसद दिपक सिंह
आइतबार, १८ जेठ २०८२, १७ : ५२
सारांश
- राप्रपाका सांसद दिपक सिंहलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ।
- उनी राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न गएका बेला पक्राउ परेका हुन्।
- राजावादी समूहले काठमाडौँमा गरेको प्रदर्शनको क्रममा उनलाई पक्राउ गरिएको हो।
काठमाडौँ । राप्रपाका सांसद दिपक सिंह पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँ परिसरबाटै आइतबार साँझ उनी पक्राउ परेका हुन्।
दिउँसो प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न पुगेका उनी पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए।
राजावादी समूहले बिहिबारदेखि काठमाडौँ प्रदर्शन गर्दै आएका छन्। सोही क्रममा उनीहरूले नारायणचौर क्षेत्रमा आइतबार प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण