राजावादी प्रदर्शन
राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका कमल थापा र दिपक सिंहलाई रिहा गरिँदै
आइतबार, १८ जेठ २०८२, २० : ३५
सारांश
- राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका सांसद दिपक सिंहसहित ७ जनालाई प्रहरीले रिहा गर्ने भएको छ।
- आइतबार राजावादीहरूको प्रदर्शनबाट पक्राउ परेका डा. राजिव झालाई भने मुद्दा चलाइने तयारी छ।
- पक्राउ परेका व्यक्तिहरूमा कमल थापा, शिला राणा, रामचन्द्र लामिछाने, बिनोद कपाली र सरोज तिमिल्सिना रहेका छन्।
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका सांसद दिपक सिंह सहित ७ जना छुट्ने भएका छन् । उनीहरूलाई रिहा गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए ।
आइतबार राजावादीहरूको प्रदर्शनस्थलबाट पक्राउ परेका डा. राजिव झा नछुट्ने भएका छन् । उनलाई मुद्दा चलाउने प्रहरीको तयारी छ । पक्राउ परेका ८ जना मध्ये ७ जनालाई रिहा गर्ने प्रहरीको तयारी छ ।
रौतहट घर भएका ४५ वर्षीय झाले मापसे गरेको भेटिएको छ । आन्दोलनको क्रममा प्रहरीले कमल थापा, ललितपुर घर भएकी ६२ वर्षीया शिला राणा, भक्तपुर घर भएका रामचन्द्र लामिछाने, टोखाका बिनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिनालाई नियन्त्रणमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण