मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय
राजावादी प्रदर्शन

राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका कमल थापा र दिपक सिंहलाई रिहा गरिँदै

आइतबार, १८ जेठ २०८२, २० : ३५
आइतबार, १८ जेठ २०८२

समाचार सारांश

  • राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका सांसद दिपक सिंहसहित ७ जनालाई प्रहरीले रिहा गर्ने भएको छ।
  • आइतबार राजावादीहरूको प्रदर्शनबाट पक्राउ परेका डा. राजिव झालाई भने मुद्दा चलाइने तयारी छ।
  • पक्राउ परेका व्यक्तिहरूमा कमल थापा, शिला राणा, रामचन्द्र लामिछाने, बिनोद कपाली र सरोज तिमिल्सिना रहेका छन्।

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका सांसद दिपक सिंह सहित ७ जना छुट्ने भएका छन् । उनीहरूलाई रिहा गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए ।

आइतबार राजावादीहरूको प्रदर्शनस्थलबाट पक्राउ परेका डा. राजिव झा नछुट्ने भएका छन् । उनलाई मुद्दा चलाउने प्रहरीको तयारी छ । पक्राउ परेका ८ जना मध्ये ७ जनालाई रिहा गर्ने प्रहरीको तयारी छ । 

रौतहट घर भएका ४५ वर्षीय झाले मापसे गरेको भेटिएको छ । आन्दोलनको क्रममा प्रहरीले कमल थापा, ललितपुर घर भएकी ६२ वर्षीया शिला राणा, भक्तपुर घर भएका रामचन्द्र लामिछाने, टोखाका बिनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिनालाई नियन्त्रणमा लिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप