मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

मुख्यमन्त्री शाहद्वारा क्रिकेट टोलीकाे बिदाइ

आइतबार, १८ जेठ २०८२, २१ : ०४
आइतबार, १८ जेठ २०८२

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार प्रदेशका १६ वर्षमुनिका क्रिकेट खेलाडीहरूलाई बिदाइ गरेका छन् । उनीहरू एसीसी पुरुष यु–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि सुर्खेतमा हुने यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुँदै छन्। प्रतियोगिता सोमबारदेखि सुर्खेतमा सुरु हुँदैछ ।

सचिन भट्टको कप्तानीमा १६ सदस्यीय टोली प्रतियोगितामा सहभागी हुन आइतबार  सुर्खेत गएको हो। टोलीको प्रशिक्षकका रूपमा दीपेन्द्रबहादुर चन्द रहेका छन् ।

मुख्यमन्त्री शाहले खेलाडीहरूलाई शुभकामना दिँदै प्रदेशको गौरव बढाउने आत्मविश्वासका साथ उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप