मुख्यमन्त्री शाहद्वारा क्रिकेट टोलीकाे बिदाइ
आइतबार, १८ जेठ २०८२, २१ : ०४
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार प्रदेशका १६ वर्षमुनिका क्रिकेट खेलाडीहरूलाई बिदाइ गरेका छन् । उनीहरू एसीसी पुरुष यु–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि सुर्खेतमा हुने यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुँदै छन्। प्रतियोगिता सोमबारदेखि सुर्खेतमा सुरु हुँदैछ ।
सचिन भट्टको कप्तानीमा १६ सदस्यीय टोली प्रतियोगितामा सहभागी हुन आइतबार सुर्खेत गएको हो। टोलीको प्रशिक्षकका रूपमा दीपेन्द्रबहादुर चन्द रहेका छन् ।
मुख्यमन्त्री शाहले खेलाडीहरूलाई शुभकामना दिँदै प्रदेशको गौरव बढाउने आत्मविश्वासका साथ उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण