विश्वकप लिग २ : नेपालले स्कटल्याण्डको सामना गर्दै

समाचार सारांश
- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक शृङ्खलामा स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।
- शृङ्खला स्कटल्याण्डको डन्डीमा जुन २ देखि १२ सम्म आयोजना हुनेछ। नेपालले नेदरल्याण्ड्ससँग जुन ४ र १० गते तथा स्कटल्याण्डसँग जुन ८ गते खेल्नेछ।
- हालसम्म नेपाली टोलीको प्रदर्शन निराशाजनक रहेको छ, र टीम अंक तालिकाको आठौं स्थानमा छ, तर यो प्रतियोगिता २०२७ को विश्वकप छनोटको आधार हो।
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक शृङ्खलामा नेपालले आज स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार अपरान्ह ३ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।
स्कटल्याण्डमा हुने यो शृङ्खला २०२५ जुन २ देखि १२ तारिखसम्म डन्डीमा आयोजना हुनेछ। यो त्रिकोणात्मक सिरिज २०२४–२६ विश्वकप लिग २ को तेह्रौँ चरण हो, जसमा सहभागी तीन देशहरू — नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सले एकअर्कासँग एकदिवसीय अन्तर्राष्ट्रिय खेलहरू खेल्नेछन्।
नेपालले दोस्रो खेल जुन ४ तारिखमा नेदरल्यान्डसँग खेल्नेछ । नेपालले तेस्रो खेल जुन ८ तारिखमा स्कटल्यान्डसँग खेल्ने कार्यक्रम छ । नेपालले चौथो खेल जुन १० तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।
नेपालले स्कटल्याण्डसँगको पछिल्लो लिग २ खेलहरूमा राम्रो प्रदर्शन गरेको छ। २०२४ अक्टोबरमा डलासमा भएको खेलमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको थियो ।
जारी लिग–२ प्रतियोगितामा भने हालसम्म नेपाली टोलीको प्रदर्शन निराशाजनक देखिएको छ । नेपाली टोली १२ खेलबाट ६ अंक बटुल्दै तालिकाको अन्तिम अर्थात, आठौँ स्थानमा आसीन छ ।
लिग–२ तालिकामा २० खेलबाट २८ अंक बटुलेको अमेरिका पहिलो स्थानमा छ । २० खेलबाट २६ अंक जोडेको नेदरल्यान्ड्स दोस्रो स्थानमा छ । तेस्रो स्थानको ओमानले २० खेलबाट २४ अंक जोडेको छ ।
१६ खेलबाट २० अंक जोडेको स्कटल्यान्ड चौथो, २० खेलबाट २० अंक जोडेको क्यानडा पाँचौँ, २० खेलबाट १४ अंक जोडेको नामिबिया छैटौँ, १६ खेलबाट ६ अंक हात पारेको यूएई सातौँ स्थानमा छन् ।
सहभागी टोलीहरुका लागि लिग–२ प्रतियोगिता निकै महत्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रुपमा पनि रहेको छ ।
लिग–२ प्रतियोगिताको समाप्तिपछि तालिकाको माथिल्लो चार स्थानमा रहने टोली एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् । अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरको प्ले–अफ चरण खेल्नु पर्नेछ ।
लिग २ सिरिजपछि, ती तीनै टोलीहरू ग्लासगोमा हुने टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजमा पनि सहभागी हुनेछन् । यो जुन १५ देखि २० तारिखसम्म हुनेछ। यो सिरिज जुलाईमा हुने आईसीसी पुरुष टी-२० विश्वकप छनोटको तयारीस्वरूप लिइएको छ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल
-
डलर साट्ने बहानामा ठगी गरेकाे आरोपमा दुई जना पक्राउ
-
अख्तियारले छानबिन थालेको थाहा पाएर एयरपोर्टबाट भट्टराईलाई हटाएको होइन : गृहमन्त्री
-
१० बजे १० समाचार : पाण्डेको निलम्बनदेखि हडताल फिर्तासम्म
-
सञ्चालनमा आए सार्वजनिक यातायात
-
इनफिनिक्स नोट ५० एक्स नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?