डिशहोम इन्टरनेटको ब्रान्ड एम्बेसेडरमा दिव्या रायमाझी नियुक्त
सारांश
- डिशहोम इन्टरनेटले अभिनेत्री दिव्या रायमाझीलाई ब्रान्ड एम्बेसेडर नियुक्त गरेको छ।
- भैँसेपाटीस्थित कर्पोरेट कार्यालयमा सम्झौता सम्पन्न भएको छ, जसमा सञ्जय प्रसाद राजभण्डारी र दिव्या रायमाझीले हस्ताक्षर गरे।
- डिशहोमले रायमाझीको युवामाझ लोकप्रियता र डिजिटल सरोकारलाई ब्रान्डसँग जोड्ने जनाएको छ।
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो ब्रान्ड एम्बेसेडर नियुक्त गरेको छ।
हालै डिशहोमको कर्पोरेट कार्यालय भैँसेपाटी ब्रान्ड एम्बेसेडर सम्झौता भएको हो। उक्त सम्झौतामा डिशहोम इन्टरनेटको तर्फबाट मुख्य बजार अधिकृत सञ्जय प्रसाद राजभण्डारी र दिव्या रायमाझीले हस्ताक्षर गरेको कम्पनीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
चलचित्र क्षेत्रको नयाँ पुस्ताबाट उदाउँदै गरेकी रायमाझीको ताजगीपूर्ण छवि, युवामाझको लोकप्रियता र डिजिटल यात्राप्रतिको सरोकारलाई डिशहोम इन्टरनेटले आफ्नो ब्रान्ड दृष्टिकोणसँग आत्मसाथ गरेको बताइएको छ।
कम्पनीले भनेको छ, 'हामी डिजिटल कनेक्टिभिटीलाई केवल प्रविधिमा सीमित नगरी, यो पुस्ताको प्रेरणासँग पनि जोड्ने प्रयासमा छौँ। दिव्या रायमाझी युवाको आवाज, आत्मविश्वास र डिजिटल भविष्यको प्रतीक हुन्। उनीसँगको सहकार्यले हामीलाई नयाँ पुस्तासँग अझ सशक्त रूपमा जोड्न मद्दत पुर्याउनेछ।'
त्यस्तै, दिव्या रायमाझीले डिशहोम इन्टरनेट जस्तो द्रुत गतिमा अगाडि बढिरहेको ब्रान्डको प्रतिनिधित्व गर्न पाउनु गौरवको विषय भएको बताइन् । उनले भनिन्, 'यो सहकार्य केवल एउटा ब्रान्डसँगको सम्बन्ध मात्र होइन, लाखौँ नेपालीसँगको डिजिटल यात्राको सुरुवात पनि हो।'
डिशहोम इन्टरनेटले हाल ३ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई उच्च गतिको इन्टरनेट सेवा दिइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण