कान्तिपुर थियटरमा आजबाट रेखाको ‘मिरा’
सोमबार, १९ जेठ २०८२, ११ : ३८
काठमाडौँ । अभिनेत्री रेखा थापाले थियटर डेब्यु गर्न लागेको नाटक ‘मिरा’ आज सोमबारबाट सुरु हुने भएको छ । गैरिधारस्थित कान्तिपुर थियटरले मञ्चन गर्न लागेको नाटकका परिकल्पना निर्देशक सुन्दर धिताल हुन् ।
नाटक गत १५ गते बिहीबारदेखि मञ्चनको तयारीमा थियो । सोही दिन राजधानीमा सत्तारुढ एमाले र राजावादीले आयोजना गरेको प्रदर्शनका कारण नाटकको मञ्चन सरेको थियो ।
नाटक असार ७ गतेसम्म बुधबार बाहेक साँझ ५ः ३० मा नाटक नियमित मञ्चन हुनेछ । नाटकमा रेखाको अलवा विशाल पहाडी, बिन्दा खतिवडा, विशाल देवकोटा, गीता विष्ट, डोरेश खतिवडा, उन्नत उप्रेती र सुनिल खड्काको अभिनय देख्न सकिन्छ ।
कान्तिपुर थियटरको पहिलो प्रस्तुतिको रूपमा मञ्चन हुन लागेको नाटक दीपक सिञ्जालीद्धारा लिखित उपन्यास ‘मिरा’ मा आधारित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले इरानी वार्ताकारको हत्या गर्ने योजना बनाएको दाबी
-
दक्षिण कोरिया जाने श्रमिकको भिसा शुल्क वृद्धि
-
२० घण्टा बितिसक्दा पनि कर्णालीमा बेपत्ता नागरिकको उद्धार गर्न सकेन सरकार : ज्ञानेन्द्र शाही
-
अमेरिकामा पाँच दिनमै १० हजारभन्दा बढी आप्रवासी पक्राउ
-
पोर्चुगल विरुद्ध क्रोएसियामा विश्वकप इतिहासकै दोस्रो अत्यधिक इन्जुरी समय, कुन–कुन थिए लामा खेल ?
-
कांग्रेसभित्रको कलहले बागमती सरकार सङ्कटमा, बजेट रोकेरै नेतृत्व फेर्ने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण