कान्तिपुर थियटरमा आजबाट रेखाको ‘मिरा’
सोमबार, १९ जेठ २०८२, ११ : ३८

काठमाडौँ । अभिनेत्री रेखा थापाले थियटर डेब्यु गर्न लागेको नाटक ‘मिरा’ आज सोमबारबाट सुरु हुने भएको छ । गैरिधारस्थित कान्तिपुर थियटरले मञ्चन गर्न लागेको नाटकका परिकल्पना निर्देशक सुन्दर धिताल हुन् ।
नाटक गत १५ गते बिहीबारदेखि मञ्चनको तयारीमा थियो । सोही दिन राजधानीमा सत्तारुढ एमाले र राजावादीले आयोजना गरेको प्रदर्शनका कारण नाटकको मञ्चन सरेको थियो ।
नाटक असार ७ गतेसम्म बुधबार बाहेक साँझ ५ः ३० मा नाटक नियमित मञ्चन हुनेछ । नाटकमा रेखाको अलवा विशाल पहाडी, बिन्दा खतिवडा, विशाल देवकोटा, गीता विष्ट, डोरेश खतिवडा, उन्नत उप्रेती र सुनिल खड्काको अभिनय देख्न सकिन्छ ।
कान्तिपुर थियटरको पहिलो प्रस्तुतिको रूपमा मञ्चन हुन लागेको नाटक दीपक सिञ्जालीद्धारा लिखित उपन्यास ‘मिरा’ मा आधारित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस
-
‘कर्मचारी खेलकुद प्रतियोगिता’ हुने
-
अन्नपूर्ण क्षेत्रमा आउने विदेशी पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि
-
महिनावारी नहुनु वा ढिलाइ हुनुका आठ कारण
-
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता’
-
सुडानमा जारी युद्धका कारण चार लाखभन्दा बढी नागरिक विस्थापित : संयुक्त राष्ट्रसङ्घ